Logo

ओलीलाई दिए हास्य कलाकारले प्रधानमन्त्रीको शुभकामना-भिडियो सहित



काठमाडौ, १९ पुस । चर्चित कार्यक्रम ‘धमलाको हमला’मा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बन्नको लागि शुभकामना दिएका छन् । पाँचवर्षे स्थिर सरकार र स्थायि राजनीतिको लागि जनताले भोट दिएको भन्दै कलाकार जिुत नेपाल, दीपाश्री निरौला र केदार घिमिरेले पदको लागि नलड्ने आग्रह गरेका छन् ।

अभिनय मार्फत देशका नेताहरुले जनताको अपेक्षा अनुसारको कामगर्न नसकेको बताएका कलाकारहरुले आगामी दिनहरुमा जनताले दिएको जनादेशलाई अक्षरस पालना गर्नुपर्ने धारणा राखेका छन् ।

कलाकारहरुले भने, ‘वाम गठबन्धन कलाकारकै कारण बनेको हो । देशको भलाई गर्न, स्थिर सरकार गठन गर्न, मुलुकको समृद्धि गर्नको लागि हामीले गठबन्धनलाई भोट मागेका थियौँ, त्यसै अनुरुप जनताले भोट दिएका छन् आगामी दिनमा सरकारले जनमतको आधारमा काम गर्नुपर्छ।’ कलाकार दीपाश्री निरौलाले ओलीलाई प्रधानमन्त्री बनाउन ऋषि धमला नै सबै भन्दा पहिले लागेको खुलासा गरिन ।

त्यस्तै केदार घिमिरे‘माग्ने बुढा’ ले आफू कम्यूनिष्ट नभएको तर भोट भने वाम गठबन्धनलाई नै मागेको स्वीकार गरेका छन् । उनले पाँच वर्षे स्थिर सरकार भन्ने नाराले आफूलाई तानेको भन्दै चुनावमा भोटमाग्दै हिडेको बताए ।



प्रतिक्रिया दिनुहोस्