Logo

प्रतिरात डेढ सय पक्राउ



काठमाडौं २० पुस । पसु महिनाको ठिहिर्याउने चिसो । त्यसमाथि मध्यरात । ओछ्यानको तातो छाडेर को नै बाहिर निस्केला र ? तर यथार्त यस्तो छैन । सिंगो उपत्यकाका अधिकांश मान्छे सुते पनि राजाधानीका तीन जिल्लामा मध्यरातमा निष्फिक्री हिँडडुल गर्ने को ठुलो संख्या छ ।

मध्यरातमा मदिराको नशामा होहल्ला गर्दै हिँड्नेहरुको संख्या पनि ठुलो छ । महानगरीय प्रहरी कार्यालयका अुनसार पुस १ गतेपछिका १० दिनमा उपत्यकाका तीन जिल्लाबाट राति दस बजेदेखि बिहान चार बजेसम्मको अवधिमा १ हजार ३ सय ६१ जना पक्राउ परेका छन् । यो तथ्यांकका अनुसार उपत्यकाका तीन जिल्लाबाट प्रत्येक मध्यरातमा औसतमा एक सय ३६ जना पक्राउ पर्छन् ।, यो खबर आजको कान्तिपुरमा छ ।



प्रतिक्रिया दिनुहोस्