Logo

सदाबहार कलाकार बन्नुपर्छः गायिका केसी



काठमाडौं, २१ पुस । आधुनिक तथा लोकगीत गाएर चर्चित बनेकी गायिका रीता केसी सांगीतिक दुनियाँमा छुट्टै आयाम थप्न सफल भएकी छन् । २ सय बढी गीतमा आवाज दिएर दर्शक तथा श्रोताको मन मस्तिष्कमा बस्न सफल भएकी गायिका केसीले आफू जिवन्त सांगीतिक दुनियाँमै रमाउने बताउ छिन् ।

सांगीतिक क्षेत्रमा स्थापित हुनको लागि कला र गलाको साथै मेहनत र लगाव पनि उत्तिकै आवश्यक रहने भन्दै गायिका केसी विगत ९ वर्षदेखि यही क्षेत्रमा संघर्षरत छन् । स्थायी घर दाङ भएकी रीता आफ्नो पारिवारिक पृष्ठभूमि गीत संगीतमा नभए पनि सांगीतिक यात्रामा परिवारबाट पाएको साथ र सहयोगमा गर्व गर्छिन् ।

कला र सांस्कृति सम्पदाको धनी जिल्ला दाङले धेरै कलाकार जन्माएको छ । नायक–नायिका तथा गायक गायिकाको भीडमा दाङबाटै स्थापित भएकी रीताको सांगीतिक क्षेत्रमा योगदान पनि निकै प्रशंसनीय छ । सांगीतिक क्षेत्रमा दिएको योगदानकै कारण गायिका केसीले विभिन्न अवार्ड समेत हात पार्न सफल भएकी छन् ।

कुशल गायिका बन्नका लागि संगीतको शिक्षा आवश्यक हुन्छ नै । यही हेतुले उनले हाल संगीत विषयमा स्नाकोत्तर तहको अध्ययन समेत गरिरहेकी छन् । संगीत प्रशिक्षक चण्डीप्रसाद काफ्लेबाट संगीत कक्षा लिएकी केसीले ‘भन के–के गर्नपर्छ तिम्रो साथ पाउनलाई’ बोलको आधुनिक गीतले चर्चा बटुल्न सफल भइन् ।

गायिका केसीले गीत संगीतमा लाग्ने व्यक्तिहरुलाई संगीतको मर्म बुझेर यस क्षेत्रमा लाग्नको लागि आग्रह गरेकी छन् । उनले भनिन्, ‘हाम्रो समाजले अस्लिलतालाई मन पराउँदैन, क्षमता हुनेहरुले उपर्दो गर्नु पर्दैन, सदाबहार कलाकार बन्नुपर्छ, कला संस्कृतिको संरक्षण र सम्वर्दन गर्नमा समर्फित हुनुपर्छ, पछिल्लो समयमा केही त्यस्ता हर्कत देखा परेका छन् यि अस्लिल हर्कतको आयू धेरै लामो रहँदैन ।’ गायिका केसीको स्वर रहेको ‘मुटु चुडिन्छ भन्ने थाहै भएन’ बोलकोे आधुनिक गीत पछिल्लो समयमा बजारमा छ ।



प्रतिक्रिया दिनुहोस्