Logo

झाडापखालाले कमजोर बनेका केपी ओली स्वास्थ्य जाँचका लागि थाइल्यान्ड जाने



काठमाडौं २२ पुस । चुनावी व्यस्तताका कारण नियमित उपचारलाई थाती राखेका एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओली स्वास्थ्य जाँचका लागि थाइल्यान्ड जाने भएका छन् । नियमित स्वास्थ्योपचारका लागि बैंकक प्रस्थान गर्ने तयारी भइरहेको ओलीको निजी सचिवालयले जनाएको छ ।

सचिवालयका प्रमुख देवराज घिमिरेले अन्नपूर्णसँग भने, ‘नियमित उपचारका सिलसिलामा फलोअपका लागि हिजो/अस्ति नै जान खोजिएको हो ।

तर, विकनेस (कमजोरी) भएपछि अलिक दिन बसेर जाने भन्ने छ। गम्भीर अवस्था केही होइन । फलोअप उपचारका लागि जान लाग्नुभएको हो ।’

ओलीको स्वास्थ्योपचार गर्दै आएको बैंककस्थित बुमरुङगार्ड अन्तर्राष्ट्रिय अस्पतालका चिकित्सकसँग सम्पर्क गरी बैंकक जाने तयारी भइरहेको छ ।

समय र परिस्थिति मिले आगामी बुधबार ओली बैंकक प्रस्थान गर्नेछन् । यसअघि उनी भदौ दोस्रो साता बैंकक गई नियमित उपचार गरी फर्केका थिए । ओलीका साथ उनकी पत्नी राधिका शाक्य पनि बैंकक जानेछिन् ।

प्रदेश र प्रतिनिधिसभा चुनावका बेला ९० भन्दा बढी चुनावी सभामा सम्बोधन गरेका ओलीलाई एक सातादेखि कडा खालको झाडापखालाले सताएको थियो । –अन्नपूर्ण पोष्ट दैनिकबाट



प्रतिक्रिया दिनुहोस्