Logo

‘देउवा संघियता मास्ने खेलमा’



काठमाडौं २४ पुस । राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले यो सरकार संविधान विपरितको बाटोमा हिडेको बताएका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवा संघियता मास्ने काममा लागेको पनि आरोप लगाए । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्राकर ऋषि धमलासँग कुराकानी गर्दै महतोले यो सरकारलाई निकम्मा सरकारको संज्ञा दिए ।

उनले भने, ‘संविधानको मर्म, संघियताको भावना विपरित प्रदेशको अस्थायी राजधानी, प्रदेश प्रमुख नतोकेर देउवा अगाडी बड्दैछन् । प्रदेशसभाका सांसदको बैठक राजधानीमा बोलाउनुपछि संघिय संरचनाको विरुद्ध हो । ‘

उनले मधेसका नागरिकप्रति चिसोका समयमा पनि सरकारले कुनै चासो नदिएको बताए । महतोले सरकारलाई दवाव दिने पनि बताए ।



प्रतिक्रिया दिनुहोस्