Logo

चिसोका कारण तीन वर्षीय बालकको मृत्यु



गौशाला, २६ पुुस । महोत्तरी जिल्लाको मनरा सिस्वा नगरपालिकामा बुधबार चिसोका कारण एक तीनवर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मनरा सिस्वा नगरपालिका–५ बस्ने रञ्जीत ठाकुरका छोरा तीन वर्षीय मोहित ठाकुर रहेको मृतकका हजुरआमा प्रेमा देवीले बताउनुभयो ।

लगातारको असहनीय जाडोकाबीच चार÷पाँच दिन अगाडि आफ्नै घर अगाडि खेलिरहेका बालक ठाकुर चिसो लागेर अचानक बिरामी भई लडेका थिए । चिसो लागेर बिरामी भएका बालक ठाकुरलाई परिवारजनले तत्कालै भारत बिहारको सीतामढी जिल्लाको पुपरी लगेर उपचार गराएका थिए ।

तर त्यहाँ पनि उनलाई सञ्चो नभएपछि भारतकै सिमरी थप उपचारका लागि लगिएको र त्यहीँको उपचार चलिरहेकै बेला बुधबार पुनः अत्यधिक चिसोले उनको श्वासप्रश्वास अवरुद्ध भएर घरमै मृत्यु भएको उनकी हजुरआमा प्रेमा देवीले बताउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्