Logo

प्रदेश प्रमुख नियुक्ति र अस्थायी राजधानीबाट फेरि पछि हटे देउवा



काठमाडौं २८ पुस । सरकारले प्रदेश प्रमुख नियुक्ति र अस्थायी राजधानी आज पनि नतोक्ने भएको छ । गृहकार्य नपुगेको भन्दै तत्कालका लागि दुवै काम थाती राख्ने र माघको पहिलो हप्ता मात्रै तोक्ने निस्कर्ष प्रधानमन्त्रीले निकालेका छन् ।

मन्त्रिपरिषदको बैठक आज बस्दैछ । प्रदेश प्रमुख नियुक्ति, अस्थायी राजधानी वा अस्थायी कार्यालय तोक्ने विषयमा पेश गर्न भनिएो प्रस्ताव प्रधानमन्त्रीले बिहीबार फिर्ता लिएका छन् । प्रधानमन्त्री देउवाले प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी वा अस्थायी कार्यालय तोक्नेबारे बिहीबार दिनभर राजनीतिक परामर्श गरेका थिए । परामर्शपछि नै शुक्रबार नै प्रदेश प्रमुख नियुक्त गर्ने तयारीबाट प्रधानमन्त्री देउवा पछि हटेका हुन् ।

आगामी सोमबारसम्म निर्णय गर्ने तयारीमा सरकार रहेको छ । यसअघि रिपोटर्स क्लमा नै अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अब बस्ने मन्त्रिपरिषद् बैठकबाट प्रदेश प्रमुख र अस्थायी राजधानीबारे निर्णय हुने बताएका थिए । निर्वाचन आयोगले प्रदेश सभा निर्वाचनको प्रतिवेदन प्रदेश प्रमुखलाई बुझाउनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसकारण प्रदेश प्रमुख नियुक्त नहुँदासम्म आयोगले प्रदेश सभाको निर्वाचन परिणाम सार्वजनिक गर्न रोकिएको छ ।



प्रतिक्रिया दिनुहोस्