Logo

आन्दोलनको तेस्रो दिनसम्म पनि सरकारले आवाज नसुनेको गुनासो



काठमाडौं, २ माघ । नेपाल सामाजिक परिचालक कर्मचारी संघले आन्दोलनको तेस्रो दिनपनि बिरोध र्याली निकालेको छ । गत पुस १४ गते राज्यमन्त्री स्तरीय निर्णयले साजिक परिचालक कर्मचारीलाई अवकास गर्ने निर्णयसँगै आन्दोलित बनेका सामाजिक परिचालक कर्मचारीहरु आफूहरुका माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताउँदै आईरहेका छन् ।

आन्दोलनको पहिलो दिन राजधानिको माईतीघरमा धर्ना दिएको, दोस्रो दिन रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेको र तेस्रो दिन खुल्लामञ्च, शान्तिवाटिका, पुरानो बसपार्क, भृकुटिमण्डप, भद्रकाली हुँदै माईतिघर पुगेर र्याली कोण सभामा परिणत भएको थियो ।

आन्दोलन परिचालन समितिकी संयोजक मनिशा विमलीले आफूहरुका मागहरु सरकारले सुनेर पनि नसुझै गरेको आरोप लगाएकी छिन् । उनले भनिन्,‘सरकारले हाम्रो आन्दोलनको आवाज सुनेको छ तर नसुनेझै गरि बसेको छ, हामीले लामो जीवन सेवामा विताएका छौ, स्थानीय तह, प्रदेश र केन्द्रलाई चलायमान गर्नको लागि लाखौ कर्मचारी चाहिन्छ तर हामी कर्मचारीलाई निकाल्ने काम भएको छ यो गलत छ ।’

नेपाल सामाजिक परिचालक कर्मचारी संघकोबिरोधमा महिलाहरुको अधिक उपस्थिति रहेको छ भने कोही बालबच्चासँगै बोकेका छन् । केही महिला गर्भवती समेत रहेको विमलीले बताएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्