Logo

रिपोर्टर्स क्लब नेपाल कालिकोटको अध्यक्षमा सिम्खाडा



कालिकोट, ४ माघ । रिर्पोटस क्लब नेपाल कालिकोट शाखाको अध्यक्षमा विश्वनाथ सिम्खाडा चयन भएका छन् । जिल्लाको सदरमुकाम मान्ममा आयोजित एक भेलाले अध्यक्षमा सिम्खाडा, उपाध्यक्ष रेडियो मालिकाका प्राविधिक रमेश बोगटी, सचिवमा रेडियो मालिका कै साधना शाही, कोषाध्यक्ष रेडियो नँया कर्णालीकी पवित्रा जैसी चलयन भएक छन् ।

त्यस्तै सदस्यमा रेडियो चंखेलिका प्राविधिक प्रमुख हस्त चौलगाइँ,  लक्ष्मि तिमल्सिना, रेडियो नेपाली आवाज एफएमका रुकुम नाथ योगी,  रेडियो नयाँ कर्णालीका रोजिना रावल, पत्रकार ललित वैजाली मगर सहित ११ सदस्यिय कार्यसमितिको चयन गरेको हो ।

नि वर्तमान अध्यक्ष लंकराज धमलाको अध्यक्ष्तामा सम्पन्न भेलामा नेपाल पत्रकार महासंघ कालिकोटका अध्यक्ष तुलाराम पाण्डेको प्रमुख आतिथ्यता र पे्रस चौतारिका केन्द्रीय सदस्य कालि बहादुर मल्लको विषेश आतिथ्यतामा भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि पाण्डेले देशभरिनै रिर्पाटस क्लव चर्चामा रहेको भन्दै कालिकोटमा पनि सक्रिय रुपमा साक्षात्कार गरि समाजका विकृतिलाई न्युनिकरण गर्न र पिडित लाइ न्याए दिलाउने ६ भन्नेमा विश्वास व्याक्त गर्नु भयो । उनले रिर्पोटस क्लबले समाजमा रहेका हरेक विषयलाई लिएर साक्षात्कारको माध्यामबाट सव्य समाज निर्माणगर्ने पर्नेमा जोड दिएका छन् ।

उनले भने,‘ केन्दमा ऋषि धमलाले जसरी नेताहरुलाइ अन्र्तवार्ता लिएर क्लबलाई उच्च स्थानमा पुर्याउनु भएको छ त्यसरि नै कालिकोटमा यस्ता खालका कामहरुगर्ने विश्वास मैले तपाईहरुबाट दिएको छु ।’

त्यस्तै कार्यक्रमका विषेश अतिथि तथा पे्रस चौतारिका केन्द्रीय सदस्य कालिबहादुर मल्लले सञ्चारको जगतले देश परिर्वतनमा महत्वपूर्ण भुमिका खेल्ने भन्दै अव कालिकोटमा नयाँ कार्यसमितिले विभिन्न खालका विषयलाई लिएर साक्षात्कार गर्नुपर्ने बताए ।

कार्यक्रमका अध्यक्ष एवम् रिपोर्टर्स क्लब नेपाल प्रदेश नम्बर ६ का संयोजक लंकराज धमलालले प्रदेशमा रहेका १० वटा जिल्लमा क्लबलाई चुस्त दुरुस्त बनाउने दाबि गरेका छन् । उनले नयाँ कार्यसमितिलाई शुभकामना दिदै रिपोर्टर्स क्लबको माध्ययम मार्फत जिल्लाको हरेक समस्या केन्द्रमा पुर्याउनको लागि आग्रह गरेका छन् ।

कार्यक्रममा रेडियो नेपालका प्रतिनिधि अनन्त वराल, रेडियो नेपाली आवाजका प्रवन्धक तथा प्रत्रकार महासंघका उपाध्यक्ष नमराज योगी, रेडियो चंखेलिका प्रवन्धक दिलिपकुमार शाही, राजधानि दैनिकका सम्वादाता प्रेमराज सिम्खाडा लगायतको उपस्थिति थियो ।



प्रतिक्रिया दिनुहोस्