Logo

यस्तो खेलमा लागे स्वास्थ्यमन्त्री दिपक बोहरा



काठमाडौं ७ माघ । आफूले सिनेट बैठक डाक्न दिएको निर्देशन अटेर गरेको भन्दै स्वास्थ्यमन्त्री दिपक बोहरा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति हटाउने खेलमा लागेका छन् ।

मन्त्रालय स्रोतका अनुसार गत कार्तिक ३० गतेको ४० औं सिनेट बैठकको निरन्तरतास्वरुप बैठक डाक्न दिएको निर्देशन अवज्ञा गरेको भन्दै मन्त्री बोहरा प्रतिष्ठानका उपकुलपति डा. राजकुमार रौनियारलाई नै हटाउने प्रयासमा छन् ।

प्रतिष्ठानको सुहकुलपतिसमेत रहेका स्वास्थ्यमन्त्री बोहराले निर्देशन अवज्ञा गरेको भन्दै एक साताअघि उपकुलपति रौनियारलाई स्पष्टीकरण सोधिसकेका छन् ।

स्पष्टीकरणमा चित्त नबुझेको भन्दै मन्त्री बोहराले थप कारबाहीका लागि कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष पत्राचार गरिसकेको स्रोतको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्