Logo

कालिकोट भाईरलको मारमा, एकै टोलका तीनजना बालबालिकाको मृत्यु



विश्वनाथ सिम्खाडाः कालिकोट, ८ माघ । एक हप्तामाकालिकोटको एकै टोलका तीनजना बालबालिकाले ज्यान गुमाएका छन । खाँडाचक्र नगरपालिका वडा नं ४ ताडीको एउटै टोलका तीन जना बालबालिकाले मौसमी रुघाखोकी काकारण ज्यान गुमाएका हुन ।

मौसमी रुघाखोकीले कडा खालको निमोनिया, भाईरल ज्वरोका कारणले तीनजना बालबालिकाको ज्यान गएको हो । कडा खालको निमोनिया, भाईरल ज्वरो र रुघाखोकी कारण खाँडाचक्र नगरपालिका वडा नं ४ ताडीमा दक्त बिकका ९ महिना छोरा लक्ष्मण बिक, गोवि बिक १६ दिनका छोरा र बाँचे बिककी १ महिनाकी नातिनी रश्मी बिकको मृत्यु भएको सामाजिक अभियान्तावाले बिश्वकर्माले वताए ।

गोवि बिकको छोरालाई नेपालगंज लिदैगर्दाबीच बाटोमा मृत्यु भएको हो भने लक्ष्मण बिकको जिल्ला अस्पताल कालिकोटमा उपचार गर्दागर्दै मंगलबार राती मृत्य भएको मृतकका बुवादत्त बिकले बताए । गाउँमा रुघाखोकी भाइरल ज्वरोका कारणले बुढाबुढी बालबालिका धेरै समस्यामा परेका छन । उनले भने,‘गोवि बिकको छोराको नेपालगंज लैजादै गर्दा बाटोमा र मेरो छोराको मंगलबार रातीजिल्ला अस्पतालमा उपचार हुदै गर्दा मृत्यु भएको हो ।

जिल्ला अस्पताल कालिकोटका प्रमुख कौशल अलीले जाडोका कारणले बालबच्चाहरुमा निमोनिया, भाइरल ज्वरोको प्रकोप बढ्ने गरेको र बिकलाई कडा खालको निमोनियाका कारणले मृत्यु भएको बताए । ‘जाडो मौसममा बालबालिकालाई निमोनिया ज्वरोले छिटो आक्रमण गर्छ ।’

उनले भने, ‘बिकलाई कडा खालको निमोनिया भएर बिरामी भएका कारणले बचाउन सकिएन । गाउँमा प्रायः घरमा बिरामी रहेका समयमै स्वास्थ्य उपचार पाउन नसकेको खण्डमा झनबिकराल रुप लिने देखिएको वडा अध्यक्ष धनसिंह बिकले बताए । ‘गाउँमा सबै बिरामी रहेका छन् । तीनजना बालबालिकाको मृत्यु भइसकेको छ ।’

उनले भने,‘मैले जिल्ला स्वास्थ्यकार्यालय कालिकोटलाई यसबारे जानकारी गराईसकेको छु । केहीदिन अगाडी जिल्ला स्वास्थ्य प्रमुख अलीले मौसमी रुघा खोकीका पिडित वालवालिका र बृद्धबृद्धा भएपनि बिस्तारै रोग नियन्त्रणमा आईरहेको वताएका थिए । उनले रोग नियन्त्रणमा आएको भनेको केहीदिनमा यि वालवालिकाले ज्यानगुमाएका हुन ।



प्रतिक्रिया दिनुहोस्