Logo

विकास, समृद्धि र सुसाशनलाई अगाडी बढाउनुपर्ने सासद पौडेलको भनाई



कौरव खत्रीः गुल्मी-बाग्लुङ्ग ११ माघ । बाग्लुङ्ग क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका सदस्य देवेन्द्र पौडेले विकास समृद्धि र सुशासनलाई अगाडी बढाउनु पर्ने बताएका छन् । गल्कोट नगरपालिका वडा नं. ८ काडेवासमा रहेको जनजागृति माध्यमिक विद्यालयको हिरक महोत्सवको उद्घाटन गदै पौडेलले यस्तो बताए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका पौडेलले संविधान कार्यान्वयन गर्ने प्रक्रियामा अगाडी बढेको भन्दै पौडेलले निकट भविष्यमै जनताको अपेक्षा अनुरुप स्थायी सरकार बनाइ त्यो सरकारले नै जनताका दैनिकीलाई नेतृत्व गनुपर्ने कुरामा जोड दिए ।

अब तत्काल सुशासन र समृद्धिलाई सँगै लिएर अगाडी बढाउने भन्दै यस विद्यालयमा कबडहल देखि लिएर भौतिक निर्माण र शैक्षिक गुणस्तर वृद्धिमा आफ्नो तर्फ सहयोग रहने प्रतिवद्धता जनाएका छन् ।

नेता पौडेलले विद्यालय जिल्लामा मात्र नभएर यो प्रदेशमै नमूना विद्यालय बनेको हेर्न चाहेकोले त्यस तर्फ विद्यालय अगाडी बढ्न शुभकामना दिदै विद्यालयका विद्यार्थीहरुको सक्रियाता र क्रियाशिलता र जागरुकलाई हेदा विद्यालय नमूना बनेको हेर्न चाहेको बताए । साथै सोही अबसरमा वरिष्ठ चन्दादाताहरुलाई सम्मान समेत गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्