Logo

सञ्चारकर्मी विमली सम्मानित



झापा १४ माघ । सञ्चाकर्मी नेत्र विक्रम विमलीलाइ दिपज्वती युवा परिवार हल्दिबारीले सम्मान गरेको छ । रक्तदानको क्षेत्रमा गरेको योगदानको उच्च मुल्यांकन गर्दै विशेष कार्यक्रमकाबीच सम्मान गरिएको नबिन मैनालीले बताएका छ्न ।

हल्दिबारी गाउँ पालिका स्थित दिपज्वती युवा परिवारले आयोजना गरेको खुला नकाउट भलिबल प्रतियोगिताको अबसरमा खेलकद आयोजक समितिले पुर्वान्चलकै सर्वाधिक रक्तदान गर्ने गर्ने बिमलीलार्इ कार्यक्रमका प्रमुख अथिती हल्दिबारी गाउँ पालिका अध्यक्ष रबिन्द्र प्रसाद लिङ्ग्देनले कदर पत्र सहित सम्मान गरेका हुन ।

नेपालमै सर्वाधिक रक्तदान गर्ने पत्रकारहरुमा विमली चिनिन्छ्न । ९६ औं पटक रक्तदान गरिसकेका पत्रकार बिमली नेपाल पत्रकार महासघ ललितपुरका प्रदेश पार्षद समेत रहेका छ्न ।



प्रतिक्रिया दिनुहोस्