Logo

अबको क्रान्ति विकासका लागिः जीवन बुढा



लंकराज धमालाः सुर्खेत, १५ माघ । नेकपा माओवादी केन्द्र यूवा नेता एवम कालिकोट जिल्ला इन्चार्ज तथा बामगठबन्धन तर्फका राष्ट्रिय सभा सदस्यका उम्मेदवार जीवन बुढाले अबको आवश्यकता विकासको क्रान्ति गर्नु रहेको स्पस्ट पारेका छन् । उनले प्रदेश नम्बर ६ लाई देशकै नमुना प्रदेश बनाउने समेत दाबि गरे ।

प्रदेश नम्बर ६ को अस्थायी मुकाम वीरेन्द्रनगर सुर्खेतमा वाम गठबन्धनका कार्यकर्तासँगको भेटघाटमा कर्णालीको खस भाषालाई उच्चारण गर्दै भने, ‘यदि तमि हामी सबैले विकासमा जोड दियौँ भन्या हाम्मो प्रदेश आफै धनि हुन्या छ । किन चिन्ता मान्दा छौ ।

अबहुन्या प्रदेश सरकारले यि मैले भन्याका योजना कार्यन्वन ग¥यो भन्या सबै धनि हुन्या छौँ ।’ उनले अघि थपे, ‘किन भन्या पछि मानसरोबर जानकन साटा रोड बनाया पछि भारत लगायत बिभिन्न देशका पर्यटकको संख्या बढ्न्या छ, पर्यटनको विकासमा एकजुट भएर लाग्नु पढ्न्या छ ।’

रिपोर्टर्स क्लब नेपाल प्रदेश नम्बर ६ का संयोजक लंकराज धमलाले कालिकोटले स्थानीय तहदेखी केन्द्रसम्म धेरै जनप्रतिनिधि पाएको छ के साच्चै विकास गर्न सक्नु हुन्छ ? भनेर गरेको प्रश्नको जवाफमा नेता बुढाले भने, ‘अवसर पाया पछि नेपाल कै आकृति बदलुला सोच्चो छौ आफ्नै प्रदेशको क्या कुरा ? यूवा नेता बुढाले अबको क्रान्ति विकासको हुने भन्दै आफु निरन्तर यसमा लागिपर्ने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्