Logo

बद्री पंगेनी र प्रिया भण्डारीको नयाँ ‘केमिष्ट्रि’



काठमाडौं, १६ माघ । चर्चित गायक बद्री पंगेनीले गायिका प्रिया भण्डारीलाई प्राथमिकताको गायिका रुपमा अघि सार्ने गरेका छन् । राम्रो सम्भावना बोकेकी गायिका भण्डारी गायक पंगेनी कै कारण चर्चामा रहेकी छिन भन्ने कतिपयको तर्क केही हद सत्य भएता पनि गायिका भण्डारी जुन सुकै प्रकारका गीतमा सुमधुर आवाज दिन सक्ने गायिका हुन । त्यसैले पनि गायक पंगेनी उनलाई प्राथमिकतामा राख्न चाहन्छन् ।

नेपाली कलाकारीताको क्षेत्रमा धेरै जोडिहरु छन् । जस्तै मह जोडी, दीपक–दीपा जोडी, धुर्मुस–सुन्तली आदी ईत्यादी । लोक दोहोरीमा भने त्यस्तो प्ररकारको जोडि जमेको भेटिएको छैन । आजका दिनमा पंगेनी र प्रियाको नयाँ ‘केमिष्ट्र’लाई निक्कै आशा लाग्दो रुपमा हेरिएको छ । ६ दशक पछि नेपाली जनताले आफ्नो साशन व्यवस्थाको अनभूत गराउने पहिलो पाईलामा गायक पंगेनी र भण्डारीले ‘सै पनि एमाले मै पनि एमाले’ बोलको गीत गायर निक्कै चर्चा कमाए । रमाईलो कुरा त के भने, एमाले बाहेक अरु पार्टीका र विचारका मानिसले समेत मन पराएको गीत बन्यो ।

त्यहि गीतबाट गायक पंगेनी र भण्डारीबीचको सांगितिक सम्बन्धले नयाँ रुपमा आफ्नो आकार लिदै आएको छ । दर्शक स्रोताहरुले उनीहरुको ‘केमिष्ट्रि’लाई रुचाएका छन् । गायिका भण्डारीको स्वरलाई कुनै गायिकासँग जोडिनु कलाकारीताको हिसावमा राम्रा मानिदैन । उनले आफ्नै प्ररकारको विषेशता बनाउन सक्नुपर्छ । स्वर भएर मात्रै हुँदैन । कला चाहिन्छ । भनिन्छ नि गला भएर हुँदैन गलालाई कलामा परिणत गराउने कला नै चाहिन्छ ।

यस्ता कुरामा उनी सचेत हुनेमा दर्शक ढुक्क छन् । यि दुवै धुरन्धर गायक गायिकाले नेपाली गीत संगीतको भविष्यमा कुनै प्रकारको दाग लाग्न दिने छैनन् । पछिल्लो समयमा गायक पंगेनी र गायिका भण्डारीले स्वर दिएको नयाँ गीत ‘कान्छी ओइ कान्छी’ बजारमा आएको छ । यस गीतमा गायक पंगेनी र गायिका भण्डारीको स्वर निक्कै मिलेको छ । छोटो समय यूटुवमा निक्कै रुचाईएको छ ।

चर्चित सर्जक एकनारायण भण्डारीको उत्कृष्ट लय तथा शब्द सृजनामा बजारमा आएको उक्त गीतलाई सीतारा म्यूजिक प्रालिले बजार व्यवस्थापन गरेको छ । शंकर बिसी र रश्मि तामाङको अभिनय रहेको छ । साथै साना भाई बहिनीहरुको सुन्दर नृत्य देख्न सकिने उक्तगीत शंकर बिसिले निर्देशन गरेका हुन । छायांकन भने दुर्गा पौडेलले गरेका हुन्। नबिन घर्ती मगरको सम्पादन रहेको गीत बजारमा आएको हो ।



प्रतिक्रिया दिनुहोस्