Logo

आन्दोलनका १८ दिन: सरकराले आफ्नो आवाज नसुनेको सामाजिक परिचालकहरुको गुनासो



काठमाडौं, १७ माघ । सामाजिक परिचालक कर्मचारी संघद्धारा जारि आन्दोलन परिचालन समितिकी संयोजक मनिसा विमलीले आफूहरुका माग सम्बोधन नभएसम्म आदोलन जारि रहने बताएकी छन । आन्दोलनका १८ दिनहरुमा पनि सरकारले आफूहरुका मागहरुलाई वेवास्ता गरेको भन्दै सरकारलाई तत्काल मागहरु सम्बोधन गर्न आग्रह गरेकी छन् ।

उनले भनिन्,‘यस आन्दोलनमा गर्भवती महिलाको संखया १६ जना रहेको छ, यस कारण पनि यो आन्दोलन जोखिम पुर्णछ । साथै आन्दोलकै क्रममा गर्वअवस्थाको रित्याउने आमाहरु पनि छन । योग्यता क्षमता र दक्षता समान भएपनि आर्थिक अवस्था सबैमा समान छैन माघ महिनाको चिसो मा पातलो लुगा लगाए आन्दोलनमा उत्रिनु भएको छ, न त कुनै बसाईको ठेगान छ ।’

उनले अघि थपिन्‘काँखमा र कोखमा बच्चा च्यापेर आफ्नो रोजिरोटी खोस्ने सरकारलाई हामीलाई फिर्ता गर भन्दै काठमाडौको सडकमा उ्त्रेका छौँ । लुगा लाउन दशै कुर्नुपर्ने मिठो खान चाडवाड पर्खनु पर्ने परिस्थितिलाई कसले बुसझिदिने रु राज्यले गरेको गरिवको पेटमाथी न्यायोचित निर्णय छैन । वेरोजगार लाई रोज़गार बनाउछौ भन्दै खोक्रो आडम्वर बाड्दै सत्ताको खेल खेल्नै सरकार आज तिनै गरिविको रोजीरोटी मात्र खोसेको छैन समाजको प्रतिष्ठा माथि पनि प्रश्न चिन्ह खडा गरेको छ ।’

आन्दोलन परिचालन समितिकी संयोजक विमलीले भनिन्,‘हाम्रो टाउकोमा टेकेर ९ वर्षसम्म काम गरेका सामाजिक परिचालकलाई आज आएर तिम्रो काम छैनत् भन्नु कस्तो निर्णय हो र यहाँ खै कहॉ छ शुसासन रु हिजो जनप्रनिधि आउदा घैरै खुशी लागेको थियो त्यहि उत्साह बाड्दै निर्वाचनको काममा खटियौँ हाम्रालाई हैन राम्रालाई जिताउ भनि निर्वाचन सफल पार्नमा ठुलो भुमिका निर्बाह गर्यौँ तर बद्लामा जनप्रतिनीधी ल्यानु नै हामीलाई दुश्मन खड़ा गर्नु हो भने जस्तो भएको छ, सरकारको निर्णयले हामी एउटै टोलमा बस्ने जनप्रनिधि र हामी बिचको सम्बन्धमा खाडल बनाईदिने जस्तो अन्याय पुर्ण निर्णय सर्कारले गरेको छ ।’

गत पुस १४ गते बसेको राज्यमन्त्री स्तरीय वैठकले सामाजिक परिचालक कर्मचारीहरुलाई प्रतिष्पर्धाबाट आउन आग्रह गर्दै सेवाबाट हटाएको थियो । विगत १८ दिन देखि उनीहरु आन्दोलनमा छन् । आफ्ना मागहरु सम्बोधन नभएसम्म आन्दोलन जारि राख्ने बताईरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्