Logo

१२ औँ महाधिवेशन गर्न नेविसंघ भित्रै माग



काठमाडौं, १८ माघ । नेपाल विद्यार्थी संघ महाधिवेशन पक्षधरले संघको १२ औँ महाधिवेशनको सुनिश्चितता गर्न माग गरेको छ । संघका कोषाध्यक्ष शिव रिमालको नेतृत्वमा विश्वभाषा क्याम्पस प्रदर्शनिमार्गबाट शुरु भएको र्याली नेविसंघको केन्द्रीय कार्यालय धोविधारा पुगेर कोणसभामा परिणत भएको थियो ।

संघका कोषाध्यक्ष रिमालले कोणसभालाई सम्बोध गर्दै नेविसंघलाई समयानुकुल बनाउने उद्देश्यले नेतृत्वलाई दबाब दिनको लागि र्याली निकालिएको बताएका छन् ।  उनले भने,‘नेपाल विद्यार्थी संघ वर्तमान र भविष्यको बलियो शक्ति हो, तर वर्तमान नेतृत्वले महाधिवेशन सम्पन्न भएको डेढ वर्ष पुग्दा पनि संस्थाको विभिन्न विभागहरु खालि छन्, मुलुक भरका क्याम्पसहरुमा संगठनलाई पुनः गठन गरिएको छैन्, १२ औँ महाधिवेशन आउन ६ महिना बाँकि हुँदै गर्दा हामीले नेतृत्वलाई संस्थाको पूर्णता र आगामी कार्य योजना तदारुकताकासाथ अघि बढाउनको लागि अपिल गरेका छौँ।’

त्यस्तै नेविसंघका केन्द्रीय सदस्य अर्जुन बमले आफूहरुका मागलाई कुनै पक्ष र विपक्षको रुपमा नबुझ्न आग्रह गरेका छन् । उनले भने,‘हाम्रो खबरदारी संस्थाको हितको लागि हो, यस खबरदारीलाई यो वा त्यो पक्षका रुपमा नलिनको लागि अनुरोध गर्दछु, समयको माग अनुसार नेविसंघलाई अघि बढाउनको लागि आजको खबरदारी हो ।’

उनले अघि थपे,‘हामी कुनै पक्ष र विपक्षको बिरोधमा सडकमा आएका होईनौ, हाम्रो संस्थाको चिन्ता र चासो राख्ने व्यत्ति हौँ, हाम्रो काम राम्रोलाई राम्रो भन्ने हो, नराम्रोलाई नराम्रो भन्ने हो, वर्तमान नेतृत्व गैर जिम्वारपूर्ण रुपमा अघि बढिरहेको छ, एकपक्षिय रुपमा केन्द्रीय सदस्य मनोनित गर्दैछ, समय घर्कि सकेको अवस्था छ, १२ महाधिवेश आउन ६ महिना मात्रै बाँकि छ, यो अवस्थामा नेतृत्वले केन्द्रदेखि स्थानीय तहसम्मका सबै क्याम्पहरुमा नयाँ नेतृत्व चयन गर्नुपर्ने हो त्यो पनि हुन सकेको छैन्, समयमा संघले आफ्नो आकार लिन नसक्ने हो भने हामी राजनीतिमा धेरै पछि पर्ने छौँ ।’

केही समय अघि मात्रै नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्यमा मनोनित भएका सुशिल तिमल्सेनाले संघको १२ औँ महाधिवेशनको तयारी थाल्न नेतृत्वलाई आग्रह गरेका छन् । उनले भने,‘म यस संस्थामा मनोनित भएकै संस्थालाई समयानुकुल बनाउन हो, महाधिवेशन गर्नकै लागि म यस स्थानमा आएको हुँ ।’ त्यस्तै केन्दी्रय सदस्य सतिस श्रेष्ठले सानोठिमी क्याम्पस भक्तपुरबाट १२ औँ महाधिवेशन सुनिश्चितताको लागि दबाब मुलक कार्यक्रम गर्ने बताएका छन् ।

कोणसभामा नेवि संघका पूर्व कार्यवहाक अध्यक्ष भरत भट्ट, संघका केन्द्रीय सदस्यहरु पुजन गन्र्दव, पुनम लामा, एलिजा ढकाल, सतिस श्रेष्ठ, महेन्द्र हमाल लगायत विभिन्न क्याम्पस समितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति थियो ।



प्रतिक्रिया दिनुहोस्