Logo

‘धुर्मुस–सुन्तली’ फाउण्डेशनलाई म्युजिक बैंक स्टुडिद्धारा ५१ हजार आर्थिक सहयोग



काठमाडौं, १९ माघ । राजधानीको अनामनगरमा अवस्थित म्युजिक बैंक नेपाल रेकर्डिङ स्टुडियो परिवारले चौथो नमुनाबस्ती सन्तपुरको लागि ५१ हजार १ सय ५५ रुपियाँ प्रदान गरेको छ । चर्चित गायिका राधिका हमालले उक्त चेक धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेललाई हस्तान्त्ररण गरेकी हुन ।

उनले आफ्नो फेशबुकमा लेखेकी छन्,‘यस नमूना बस्तीका अथक अभियन्ता आदरणीय कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ ज्युलाई प्रदान गर्न पाउदा हर्षित छु, यही माघ २३ गते बस्ती हस्तान्तरण हुदैछ, म त आइसके हजुरहरु पनि पक्का आउनुहोस्,यहाको बयान शब्दमा गरेर साध्य छैन, नमुना साच्चिकै नमुना बनेको छ ।’

उनले अघि लेखेकी छन्,‘तर पछिल्लो समयमा आर्थिक समस्याको समाचारले मलाई तान्ने गर्यो र त्यो साचो छ,एकपटक फेरि तपाईं हाम्रो थोपा थोपा सहयोगको खाचो छ, हजुरहरुको पनि मनकारी मनको सकेसम्म दैलो, नसके झ्याल नभए खोपो सम्मभए पनि खोलेर सहयोग गर्नुहोस् है भन्न चाहन्छु ।’



प्रतिक्रिया दिनुहोस्