Logo

पर्यटन प्रवद्र्धन समितिमा राई



इलाम, २१ माघ । इलाम पर्यटन प्रवद्र्धन सरोकार समितिको अध्यक्षमा विजय राई चयन हुनुभएको छ । शनिबार सम्पन्न समितिको प्रथम अधिवेशन तथा साधारणसभाले राईको नेतृत्वमा १६ सदस्यीय समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा प्रेम सापकोटा, महासचिवमा देवी पौडेल, सचिवमा ज्ञानु दाहाल र कोषाध्यक्षमा दिव्या भट्टराईलाई चयन गरेको छ । समितिको सदस्यहरूमा सुशिला सापकोटा, देवेन्द्र शंकर, शारदा उप्रेती पराजुली, कमला बााँस्कोटा रिजाल, निमदोर्जे शेर्पा, कुमारी खडका, रुपबहादुर तामाङ, जितबहादुर लिम्बू, उमेश महत, विक्रम कर्मचार्य र विनोद दाहाल रहनुभएको छ ।

अधिवेशनको इलाम क्षेत्र नं १ को ख का प्रदेश सभा सदस्य काजीमान कागतेले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिका कार्यकारी निर्देशक केशवकुमार द्यौराली, जिल्ला समन्वय समितिकी उपप्रमुख चित्रकला बराइली, अग्रज पत्रकार धर्म गौतम लगायतले इलामको पर्यटकीय सम्भावनाबारे प्रकाश पार्नु भएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्