काठमाडौं, २१ माघ । नेपाली कलाकारीताको क्षेत्रमा कोही रहर त कोही मन बुझाउनको लागि आएका हुन्छन् भन्दा फरक नर्पला । नेपाली गीत संगीत क्षेत्रमा व्यवसायिकता र कला क्षेत्रको विकास भन्दा पर पुगेर काम गर्नेहरु धेरै भेटिन्छन् । कोही चर्चित बन्ने हिसाबले यो क्षेत्रलाई रोजका हुन्छन् । कोही यस क्षेत्रको उचित विकासमा योगदान दिनको लागि ।
यस्ता तमाम प्रसंगभन्दा बाहिर रहेर नेपाली कला क्षेत्रलाई अनुसाशित मर्यादित र विकासको नयाँ उचाई दिनको लागि विगत ६ वर्षदेखि निरन्तर खट्दै आएका एउटा कलाकार एवम् निर्देशकको नाम हो प्रविन थापा ।
धादिङ जिल्ला धुनिवेशी नगरपालिका वडा नम्बर ९ मा जन्मिएका २६ वर्षीय चर्चित निर्देशक तथा मोडल प्रविन थापाले हालका मितिसम्म करिव १ सय बढि गीतहरुको निर्देशन गरिसकेका छन् । नेपाली लोकदोहोरीलाई नजिकबाट नियाल्ने मौका पाएका पछिल्लो समयका व्यस्त र चर्चित निर्देशक थापासँग लोकदोहोरी बाहेक आधुनिक, पप गीतहरुको पनि सफल निर्देशन गरेको अनुभव छ ।
आमा राधादेवी थापा र स्व.पिता मधुकुमार थापाको तेस्रो सन्तानका रुपमा यस धर्तीमा पाईला टेकेका प्रविनको जीवनमा तीर्सुलीको गहिराई जस्तै गहिरा बेदना र दुःख छन् । उत्तिकै चुनौतिहरु पनि छन् । तर अनेक चुनौतिहरुलाई पाखा लगाउँदै बिग्रिदो कलाकारिताको अनुहार सिगार्न लागि परेको बताउछन् । कलिलै उमेरमा जन्मदिने अविभावकको साथ गुमाउनु र स्वार्थी समाजमा गरेर देखाउनु उनको लागि जीवनको महत्वपूर्ण घुम्ती हो ।
रिपोर्टर्सनपालसँगको कुराकानिमा उनले भने, ‘म यस क्षेत्रमा आउँदा कसैलाई चिनेको थिईन अर्थात यस क्षेत्रमा साथदिने मान्छेको अभाव थियो, तैपनि मैले आफ्नो लक्ष्य फराकिलो बनाए । म कोरसको रुपमा नाच्ने गर्थे । निर्देशकका निर्देशनहरु मेरो लागि उत्सुकता बन्थे । दुःख नगरि त के काममा सफल भईन्छ र ? यो क्षेत्र हेर्दा सामान्य लागेपनि निक्कै मेहेनत गर्नुपर्ने क्षेत्र हो, झट्ट हेर्दा सजिलो, रामाईलो लाग्छ हेर्दामात्रै त्यस्तो लाग्ने हो पाँच मिनेटको गीतलाई पाँचदिन लाग्छ, अडियो रेकर्डदेखि मिक्सिङ त्यसको छायांकन, निर्देशनसम्मको यात्रा अझ लामो हुन्छ, हेर्नेलाई पोे पाँच मिनेट मात्रै देखिने हो ।’
घर परिवारबाट राम्रो साथ पाएका प्रविनले अर्का लोकप्रिय निर्देशक प्रकाश भट्टबाट प्रभावित भएको बताउछन् । उनले भने, ‘मैले आदरसम्मान गर्नुपर्ने व्यत्तिमा प्रकाश भट्ट पर्नुहुन्छ, उहाँबाट नै प्रभावित भएर म यस रंग दुनियाँमा आएको हुँ, पहिलो कोरस डान्स, पहिलो मोडलिङ् उहाँकै निर्देशनमा गरेको हुँ । अर्को कुरा अब प्रविनले पनि गीतको निर्देशन गर्न सक्छ है भन्ने लागेर होला प्रकाश सर कै सिफारिसमा पहिलो गीतको निर्देशन गरे ।’
निर्देशक प्रविन थापाले आधुनिकका हस्तीका रुपमा लिईने गायक गायिका प्रमोद खरेल, अन्जु पन्त, सन्तोस लामा, रजिना रिमाला, मेलिना राईले स्वर दिएका गीतहरुको निर्देशन गरि सकेका छन् । लोक दोहोरी तर्फ खुमन अधिकारी, पशुपति शर्मा, विष्णु माझि, देवि घार्ती, टिका पुन, राधिका हमाल पुन, मुना थापा मगर, रामजि खाँड, पूर्णकला बिसि, जीवन पन्त ‘विवस’, कला पंगेनी, सम्झना भण्डारी, श्यामलाल कंडेल, सञ्जय पाल्पाली, रामु विरही, लगायतका कलाकारहरुले स्वर दिएका गीतहरुको सफल निर्देशन गरेका छन् ।
त्यस्तै निर्देशनका क्रममा चर्चित मोडल शंकर बिसि, महेन्द्र गौतम, विजय थापा, विजय केसी, पार्वती राई, रश्मि तामाङ, रिना थापा मगर, अञ्जली अधिकारी, करिश्मा ढकाल, आरुसि मगर लगायतसँग काम गरिसकेका छन् । निर्देशक थापा बच्पन देखि आजको दिनसम्म आउँदा घर परिवारको अटुट प्रेमलाई भुल्न नसक्ने बताउछन् । अबिवाहित यूवाको मुटुमा नेपाली कलाको उच्च सम्मान लुकेको छ । तर उनी एउटा यूवतिको प्रेममा परेको घुमाउरो कोर्णबाट स्वीकार गर्छन् ।
आजको दिनसम्म आउँदा भुल्नै नसक्ने कुनै क्षेण छ भनेर गरिएको प्रश्नको जवाफमा भने, ‘पहिलो मोडलिङ र पहिलो निर्देशन भल्न सकिदैन, कामको चापमा पनि घरपरिवारलाई भुलिदैन, त्यस्तै भुल्नै नसिकने अर्को एउटा क्षेण छ, करिव ७ वर्ष पहिले एउटा अस्पतालको क्षेण जुन चाहेर पनि भुल्न सक्दिन ।’
उनले अघि थपे, ‘भिडियो सम्पादक विष्णु शर्मा, छायांकार करण चैसिर, शक्ति प्रज्वल घिमिरे, सञ्जीव खनाल, प्रेम थापा, हरि निरौला, विनोद थापा नवराज भट्राई, सिजन थापा, प्रमोद थापा, रन्जु थापा ‘भण्डारी’ लगायत व्यक्तिहरु संधै सम्झिने नाम हुन ।’ प्रविन बाल्यकाल र यूवा उमेरका बारेमा उनी पोख्त छन्, खुसि छन् र दुखि पनि । र बाँकि उनले वैवाहिक जीवनको घुम्तिमा उभिनु छ ।
प्रस्तुती–धनराज वास्तविक