Logo

प्रदेश नम्बर ६ को पहिलो संसद अधिवेशन सम्पन्न



लंकराज धमालाः सुर्खेत, २१ माघ । प्रदेश नम्बर ६ को पहिलो संसद अधिवेशन सम्पन्न भएको छ । सम्पन्न अधिवेशनमा सांसदहरुले आफ्ना नयाँ अनुभव र प्रदेशलाई नमुना प्रदेशको रुपमा विकास गर्ने प्रण समेत गरेका छन् । साथै आफूहरुकै कारण प्रदेश नम्बर ६ को विकास पछि परेको स्वीकार गरेका छन् ।

जेष्ठ प्रदेश सांसद सदस्य हिक्मतबहादुर शाहीको अध्यक्षमा सम्पन्न संसद अधिवेशन वैठकमा नेकपा एमालेका सभासद यमलाल कंडेलले भौगोलीक बिकटतालाई सुन्दरतामा परीबर्तन गर्ने अभिभारा आफूहरुमा आएकोले त्यसको सँधै ख्यालगरी कार्य गर्नु पर्ने  बताएका छन् । उनले दलगत फाईदाका लागि भन्दा पनि प्रदेशको हितका लागि सबै सांसदहरुलाई एकजुट हुन आग्रह गरेका छन् ।नेपाली कांग्रेसका नेता एवम् प्रदेह सांसद जीवनबहादुर शाहीले सरकारले गर्ने राम्रा काममा आफूहरुको सधै सहयोग रहने भन्दै समृद्ध प्रदेश निर्माण गर्न साझा सहमति हुनुपर्ने बताएका छन् ।

नेकपा माओवादी केन्द्रका एवम सांसद महेन्द्रबहादुर शाहीले नागरीकले गरेको त्यागलाई नबिर्सि ४० जना सभासदले एउटै दल सम्झेर प्रदेशको विकासमा लाग्न आग्रह गरे । उनले गरीब र पछौडे भनि चिनिएको ६ नं. प्रदेशलाई समृद्ध बनाउने धेरै अवसर भएकाले सहकार्यमा साझा विकासको अभियान सञ्चालन गर्नु पर्नेमा जोड दिए ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश नं. ६ संसदीय दलका नेता सुशिला शाहीले राजसंस्था र हिन्दु राष्ट्र नेपालमा आबस्यक भएको जिकिर गरेकी छन् । प्रदेश नं. ६ को पहिलो अदिवेशनलाई सम्बोधन गर्दै सभासद शाहीले नेपालको संबिधानले मूलुक धर्म निरपेक्ष बनाई संघिय गणतन्त्रमा प्रवेश गरेपनि नागरीकहरुको मनबाट राजसंस्था र हिन्दु राष्ट्र नमेटिएको बताईन ।

प्रथम अदिबेशनमा सभामुख हिक्मतबहादुर शाहीले प्रस्तुत् गरेको प्रदेश सभा कार्य सञ्चालन अन्तरीम कार्यविधि २०७४ बहुमतले पास भएको छ । कार्यविधिको दफा ६ बमोजीम माघ २९ गते १ बजे सभामुख पदका लागि निर्बाचन हुने भन्दै सोही दिनसम्मका लागि पहिलो बैठक सकिएको घोषणा गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्