Logo

पत्रकारिता र कलारितामा जमेकी सविना



काठमाडौं, २४ माघ । हिलोको दलदलमा कमल फुलेको देखेका छौँ । काँडाकोबीचमा गुलाव सुवास छरिरहेको हुन्छ । त्यो पनि हामीले नदेखेको होईन । जीवन त्यही हिलोमा फुलेको कमल र काँडाकोबीचमा फुलेको गुलाव हो । हरेक मानिसको जिन्दगी संघर्षकोबीच भागबाट सुन्दर फूल जस्तै फुलेका हुन्छ भन्दा अन्यथा हुँदैन ।

कास्कि जिल्लाको रुपा गाउँपालिकामा जन्मिएकी सञ्चारकर्मी तथा गायिक सविना सेर्पाको जीवन पनि कुनै एक काँडाको बीचमा फुलेको गुलाव र हिलोमा फुलेको कमल भन्दा कम छैन् ।  सानै उमेर देखि संघर्षको मैदानमा उभिएकी सञ्चारकर्मी सेर्पा धेरै कुराहरु बाहिर ल्याउन अनुमति दिदैनन् । डेढवर्षको उमेरमा जन्मदिने बाआको साहाराबाट बञ्चितिकरण हुनुको पीडि जो कोहीको लागि बिचारा बन्न सक्छ ।

विगत एक दशक देखी पत्रकारिता र कलाकारितालाई एकैसाथ अघि बढाई रहेकी उनै सञ्चारकर्मी तथा गायिका सविना सेर्पाको सामुन्नेमा रिपोर्टर्सनेपाल डटकमले पाँच वटा प्रश्न सोधेको थियो ।

१. तपाई गायिका कि सञ्चारकर्मी ?

म दुवै हुँ ।

२.  कतिवटा गीतमा आवाज दिनु भयो ?

करिब आधा दर्जन जति ।

३.परिवारको साथ पाउनु भएको छ ? गीत संगितमा लाग्नको लागि ?

आफूले गर्छु भन्ने अठोट लिनुपर्छ । साथ पाउन मुस्किल हुँदैन ।

४. तपाईको जीवनको लक्ष्य के हो ?

यसै क्षेत्रमा लागिरहेन हो । गीत संगित र पत्रकारिता जारि रहन्छ ।

५. भूल्नै नसिकने जीवनको कुनै त्यस्तो क्षण ?

पहिलो पटक गीत गाएको क्षण भुल्न सकिदैन । अरु कयन छन् । कुन दिन भनौला । त्यो दिन पनि नआउला भन्न सकिन्न ।



प्रतिक्रिया दिनुहोस्