Logo

शिक्षकद्वारा विद्यालयमा तालाबन्दी



भीमदत्तनगर, २४ माघ । झट्ट सुन्दा अच्चम्म लाग्ने कुरा शिक्षकले पनि विद्यालयमा तालाबन्धि गर्छन् ? हाम्रो देशमा धरै असभ्व मानिएका कुराहरु सम्भव भएका छन् । २०३६ सालदेखि आन्दोलनले बन्दको शुरुवात गरेको ईतिहास छ । विद्यायल र क्याम्पसहरुमा विद्यार्थीहरुले ताला बन्धि गरेका धेरै समाचारहरु सुनेका छौँ । यो सत्य हो आजको दिनमा शिक्षकले आफैले शिक्षाको पाठ पढाउने विद्यालयमा आफैले ताला लगाएका छन् ।

दश महिनासम्म अध्यापन गरेको पारिश्रमिक नपाएपछि कञ्चनपुरको लालझाडी गाउँपालिकास्थित बैजनाथ आधारभूत बहुभाषिक विद्यालयमा कार्यरत निजी स्रोतका छ जना शिक्षकले मंगलबार विद्यालयमा तालाबन्दी गरेका छन् ।

आफूहरुलाई पारिश्रमिक दिने विषयमा विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनले चाँसो नदिएको भन्दै शिक्षकले सामूहिकरुपमा विद्यालयमा तालाबन्दी गरेका हुन् । शिक्षकको तालाबन्दीका कारण विद्यालयका पढाइ प्रभावित बन्न पुगेको छ । विद्यालयका प्रधानाध्यापक जादुराम रानाले शिक्षकको १० महिनाको करिब रु पाँच लाख तलबबापतको रकम दिन बाँकी रहेको जानकारी दिनुभयो ।

“विद्यालयसित आम्दानी छैन, पढाइमा बाधा नपुगोस् भनेर निजी स्रोतबाट शिक्षक राख्यौँ ।” उहाँले भन्नुभयो– “तलब दिन नसकेपछि शिक्षकले नै तालाबन्दी गरे ।” २५५ जना विद्यार्थी रहेको उक्त विद्यालयमा ८० प्रतिशतभन्दा बढी आदिवासी÷जनजाति समुदायको विद्यार्थी अध्ययनरत छन् ।

आम्दानीका नाममा विद्यालयसित रहेको चार बिगाहा जमिन लिजमा दिए पनि थोरै रकम आउने गरेको उहाँले बताउनुभयो । “शिक्षकलाई वार्षिक लाखौँ रुपैयाँ तिर्नुपर्छ ।” रानाले भन्नुभयो– “जमिनबाट वार्षिक रु २५ हजार मात्रै आम्दानी आउँछ ।” विद्यालय सञ्चालनका लागि विभिन्न सरकारी तथा गैरसरकारी संघ-संस्थासित गुहार मागिरहेको प्राधानाध्यापक रानाको भनाइ थियो ।



प्रतिक्रिया दिनुहोस्