Logo

साउदीको जेलबाट गोरखाका कुमार रानाले गरे उद्धारको याचना



काठमाडौं, २४ माघ । विगत ६ वर्षदेखि बैदेशिक रोजगारमा गएका गोरखा बोर्लाङका कुमार राना मगर असोज १० गतेदेखी साउदीको जेलमा जीवन बिताईरहेका छन् । कुमार रानाको धर्मपत्नि अम्बिका रानाले रिपोर्टर्सनेपालसँग भनिन्,‘नेपालीको बाध्यतामाथि बिडम्बना आईलाग्दो रहेछ, गासँ, बास र कवासको बन्दोबस्त गर्ने उद्देश्यले विदेश जानुभएको श्रीमान जेलमा परेको खबर सुन्दा दुःखित छौँ पाँच महिना बितिसक्दा पनि कतैबाट उद्दारको पहल भएन ।’

उनले अघि थपिन,‘द गोरखाज नामक मेनपावरबाट साउदी जानु भएको हो, २०७३ साल चैत्र १२ गते उहाँले रोकिराख्नु भएको गाडिमा पछाडिबाट आएको गाडिले ठक्कर दियो र त्यहि केशमा उहाँलाई विभिन्न कागजमा सहि गर्न लगाएर फसाईएको छ ।’ कम्पनिका मालिकले घाईते साउदी नागरिकसँगको मिलापत्र कागजको नाममा सहस्ताक्षेर गर्न लगाएर कुमार रानालाई फसाईएको पीडित परिवारको दावि छ ।

पीडित परिवारले नक्कली कागज बनाएर फसाएको भन्दै जेल जीवन बिताईरहेका कुमार रानालाई तत्काल उद्दार गर्न सरकारसँग माग गरेको छ । रानाको बाआमा श्रीमती, दुई छोरी र एक छोरा छन् । उनलाई उद्दार गर्नको लागि नेपाली करिव ८० लाख रुपैयाँ लाग्ने बताइएको छ । परिवार निम्न स्तरिय भएकाले सहयोगको याचना समेत गरेको छ ।

बैदेशिक रोजगारमा गएर अफ्ट्यारोमा परेका नेपालीहरुको उद्दारमा क्रियाशिल कलाकारद्धय रुपा लामा र नविन खड्काको सम्पर्कमा रिपोर्टर्स क्लब नेपालको केन्द्रिय कार्यालयसम्म आएकी कुमार रानाको जीवन संगिनीले आफ्नो श्रीमानलाई सकुशल स्वदेश फर्काउनको लागि साथ सहयोग मागिरहेकी छन् ।



प्रतिक्रिया दिनुहोस्