Logo

पलाता गाउँपालिकालाई देश कै नमुना गापा बनाईने बमको प्रतिबद्धता



लंकराज धमालाः सुर्खेत, २८ माघ । कालिकोटको पलाता गाउँपालिका अध्यक्ष लक्ष्मण बमले अबको ५ बर्षभित्र देश कै नमुना गाउँपालिका बनाउने प्रतिबद्धता ब्यक्त गरेका छन् । रिपोर्टर्स क्लब नेपाल, प्रदेश नम्बर ६ को साक्षात्कारमा अध्यक्ष बमले यस्तो प्रतिबद्धता दोहोर्याएका हुन ।

क्लबका प्रदेश संयोजक लंकराज धमालाको सभापतित्वमा आयोजित साक्षात्कारमा अध्यक्ष बमले भने, ‘स्थानिय तहको निर्बाचन र निर्बाचनपछि निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुले पदभार गरेको ८ महिना पूरा भैसकेको छ । बिगतको आठ महिनामा पलाता गाउँपालिकाका जनप्रतिनिधिले केही उदाहरणिय काम गरेका छौँ, जस्तै यूवाहरुलाई रोजगारी दिने र देशको निमार्णमा लगाउँने काम हामीबाट शुरुवात भएको छ।’

अध्यक्ष लक्षमण बमले अबको ६ महिना भित्र फ्रिवाईफाई र गाउँपालिकाका सबै वडाहरुमा युवा स्वरोजगार कार्यक्रम मार्फत सडक विस्तारको काम थालनी गरिने बताए ।

साक्षात्कार कार्यक्रममा बोल्दै बमले राहत कार्यक्रम, शैक्षिक गुणस्तर, स्वास्थ्य सम्मान, १५ सैयाको हस्पिटल, ७० बर्ष नाघेका जेष्ठ नागरीकलाई हप्ताको १ दिन फलफुल, बितरण, बाल संरक्षणकोष, बालीसंरक्षण कोष, आकस्मिक उपचार कोष, महिला सशक्तिकरण कोष, घाइते अपाङ्ग तथा दन्डपिडित राहत कोष, जेष्ठ नागरीक राहत कोष, कला तथा साँस्कृतिक संक्षण कोष, पर्यटन कोष र कक्षा ११ र १२ मा निःशुल्क शिक्षा दिन कार्यक्रहरु गाउँपाकिाले गर्दै आएको बताए ।



प्रतिक्रिया दिनुहोस्