Logo

कालिकोटमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यू



कालिकोट, २९ माघ । कालिकोटमा बिद्यालयको बालुवा ढुवानी गर्ने ट्याक्टर दुर्घटना हुँँदा एक जनाको ज्यान गएको छ । जिल्लाको तिलागुफा नगरपालिकाको चौखोला र खाँडाचक्र नगरपालिकाको सेरावाडाकोबीच भागमा पर्ने हुण्डा घट्ट भन्ने ठाँउमा सोमबार ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना स्थलमै ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमूख निरक चौलागाईले सोमबार बिहान करीव १० बजेतिर बिद्यालयको बालुवा ढुवानी गर्ने ट्याक्टर दुर्घटना हुँदा खाँडाचक्र नगरपालिका वडा नं ५ का मिनराज हमालको घटना स्थलमै ज्यान गएको जानकारी दिए ।

जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं.७ स्थित कालिका मावि पिलीको भवन निर्माणका लागि बालुवा ढुवानी गर्ने सिलसिलामा भे १ त ३७२९ नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी इन्सपेक्टर चौलागाईका अनुसार उक्त दुर्घटनामा सवार अनुमानित ३५ बर्षिया मिनराज हमालको ज्यान गएको हो । तिला गुफा नगरपालिकाको वडा नं ७ बाट बालुवा लोड गरी खाँडाचक्र नगरपालिकाको वडा नं. ७ पिली आउदै गर्दा सुर्खेत जुम्ला सडक खण्ड अन्तरगत हुण्डा घट्ट भन्ने ठाँउमा दुर्घटना भई सडकबाट करीव १ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ट्याक्टर चालक सामान्य घाईते भएका छन् । दुर्घटना स्थल तिर जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टाली पठाएको जनाईएको छ ।



प्रतिक्रिया दिनुहोस्