Logo

सोनमा गाउँपालिकाको बजेट ३५ करोड



महोत्तरी, १ फागुन । महोत्तरीको सोनमा गाउँपालिकाले सोमबार रु ३५ करोडभन्दा बढी रकम बराबरको वार्षिक नीति तथा कार्यक्रम ९बजेट० प्रस्तुत गरेका छन् ।

सोमबार दिउँसो गाउँपालिकाको प्रांगणमा आयोजित एक समारोहका बीच आर्थिक वर्ष २०७४÷७५ कालागि कूल रु ३५ करोड ५६ लाख ४२ हजार ८८३ बराबरको वार्षिक बजेट सार्वजनिक गरिएको हो ।

गाउँपालिकाका प्रमुख राजकुमार यादवले चालूतर्फ रु १५ करोड ३७ लाख ८९ हजार ५०० र बचततर्फ रु २० करोड १८ लाख ५३ हजार ३८३ रकमसमेत गरी सो बजेट सार्वजनिक गरेका हुन् ।

महोत्तरी क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य डा सुरेन्द्र यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो समारोहमा वक्ताले बजेटलाई सदुपयोग गर्नुपर्ने धारणा राख्नुभएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्