Logo

चुरे दोहनमा एमाले नेताहरुको हात (भिडियोसहित )



काठमाडौं २ फागुन । धादिङ । प्राकृतिक सम्पदाको दोहन गर्नु गैरकानुनी भए पनि राजनितीक दलको आडमा चुरे क्षेत्रको बिनास गर्ने कार्य भैरहेको छ । चुरे क्षेत्रलाई संरक्षण गर्ने भन्दै राज्य स्तरबाटै राष्ट्रपति चुरे संरक्षण कार्यक्रम नै संचालनमा आए पनि चुरे दोहन अलिकती पनि रोकिन सेकेको छैन । त्यसको उदाहरणको रुपमा धादिङ जिल्लाको थाक्रे गाउँ पालिका वडा नं।३र४ को सिमावर्ती क्षेत्रमा रहेको आग्रा खोलामा खोलाको आकार नै फेरिने गरि एक्जाभेटर चलिरहेको छ ।

खोलामा अनाधिकृतरुपमा एक्जाभेटर सञ्चालन भए पछि स्थानिय केही युवाहरुले त्यसाको बिरोध पनि गरे तर कसैले केही सुनेन् । न त राज्यको कुनै निकायको ध्यान नै गयो । स्थलगत भ्रमण गरेका सिडिओ समेत मौन छन् । यसबाट स्पष्ठ हुन्छ की उक्त कार्यमा राजनितीक दल देखि सरकारी निकायको समेत मिलेमतो रहेको छ । त्यती मात्रै होइन स्थानिय जनप्रतिनिधिहरु समेत मौन बस्नुले प्राकिृतिक सम्पत्तिको दोहनमा उनिहरुले पनि राम्रै भाग पाएका छन् ।

आग्रा खोलामा एक्साभेटर चलाउने अरु कोही नभएर एमालेका स्थानिय नेता तथा क्रसर ब्यबसायी दिलिप पौडेल हुन । उनले एमालेको आड र भरोसामा स्थानियलाई आफ्नो पकडमा लिएर प्राकृतिक सम्पत्तिमाथि हैकम जमाइरहेका छन् । उनले निर्वाचनमा राजेन्द्र पाण्डे र भूमि त्रिपाठीलाई जिताउन युवाहरुको परिचालन गर्नुका साथै राम्रै लगानी गरेका थिए त्यसैको साँवा, ब्याज उठाउन अहिले खोलामा एक्जाभेटर चलाइरहेका छन् । उनले आग्रा खोलामा बिगत ५ बर्ष भन्दा लामो समय देखि क्रसर उद्योग अबैधरुपमा चलाउँदै आएका छन् ।

राज्यले क्रसर उद्योगलाई अबैध भनि चलाउन प्रतिबन्ध लगाएको भए पनि पौडेलले एमालेका नेताहरु पाण्डे र त्रिपाठीको आर्शिवाद पाएकोले निर्धक्कसंग उद्योग चलाई रहेका छन् । आग्रा खोलामा उनको मात्रै नभएर अन्य २ वटा क्रसर उद्योग चलिरहेको छ । एमालेकै संरक्षणमा आग्रा खोलामा क्रसर उद्योग चलिरहेको नाम नवताउने सर्तमा स्थानिय बताउँछन् । स्थानियको अनुसार आग्रा खोलामा हुने ढुङगा गिट्टी र वालुवा उत्खनन्ले पहिरोको जोखिम बढेको छ भने खेती योग्य जमिन भुक्षयको सिकार बनिरहेको छ । खोलामा भैरहेको अबैध गतिबिधिले स्थानियलाई खेती गर्ने समयमा पानीको अभाव भोग्नु परेकोे छ । स्थानिय भन्छन् क्रसर उद्योगमा रहेका ट्रयाक्टरले बाटो बिगारेका कारण बिरामी पर्दा एम्वुलेन्स समेत लैजान समेत नसकिने अवस्था छ ।

राजमार्ग देखि १० किलोमिटरको दुरीमो रहेको थाक्रे गाउँपालिका वडा नम्बर ३ र ४ मा अहिले सम्म सहज रुपमा बाटोको बिकास हुन सकेको छैन । बिकासको दृष्टिले अगाडी हुनु पर्नेमा सिमती एमाले नेताहरुको स्वार्थका कारण बिकासको दृष्टिले पछाडी परेको छ । आग्रा खोलामा एक्जाभेटर चलिरहेको भन्ने बिषयमा जिज्ञासा राख्दा थाक्रे गाउँपालिका प्रमुख रामकुमार आचार्यले आफुलाई कुनै जानकारी नभएको भन्दै खण्डन गरे ।

उनले यतिसम्म भने की यदि त्यस्तो भएको रहेछ भने आफु भोली नै स्थलगत निरिक्षणमा गएर नियन्त्रण गर्ने समेत बताए । तर गाउँपालिका कै संरक्षणमा एक्जाभेटर चलिरहेको स्थानियको भनाई छ । यसरी जनताको भनाईले पुष्टि गर्छ की प्राकृतिक सम्पदाको दोहनमा राजनितीक दल कै संरक्षण रहेको छ । यदि एमालेका प्रदेश सांसद राजेन्द्र पाण्डे र केन्द्रिय सांसद भुमि त्रिपाठी जनता प्रति थोरै पनि जिम्मेवार छन् भने अबैध गतिबिधि गर्नेलाई किन संरक्षण गरिरहन्छन् रु जनताको मतको सम्मान गर्ने हो भने दलीय आडमा हुने यस्ता अबैध गतिबिधि तत्काल नियन्त्रण गर्न उनिहरु नै अग्रसर हुनु पर्ने देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्