Logo

प्रदेश नम्बर १ मा र ५ मा आज सरकार गठन हुँदै



काठमाडौं ३ फागुन । प्रदेश नम्बर १ मा र ५ मा आज सरकार गठन हुँदैछ । प्रदेश १ मा शेरधन राईले आज मुख्यमन्त्रीको कार्यभार सम्हाल्ने भएका छन् । राई १ को मुख्यमन्त्रीमा बुधवार नियुक्त भएका छन् । प्रदेश प्रमुख गोविन्दवहादुर तुम्बाहाङले राईलाई मुख्यमन्त्रीको नियुक्तिको पत्र दिए । संविधानको धारा १६८ को उपधारा ९१० बमोजिम संसदमा बहुमत प्राप्त दलको नेता राईलाई प्रदेश प्रमुख गोविन्दवहादुर तुम्बाहाङले नियुक्त गरेका हुन्। एमाले संसदीय दलमा भीम आर्चायलाई २ मतान्तरले पराजित गर्दै राई दलको नेता चुनिएका थिए। राईलाई माओवादी केन्द्रको समेत समर्थन छ।

प्रदेश कार्यालयले बिहीबार ३ बजे वीरेन्द्र सभागृहमा मुख्यमन्त्रीको सपथ ग्रहण कार्यक्रम राखेको छ। प्रदेश प्रमुख गोविन्दवहादुर तुम्बाहाङले राईलाई सपथ खुवाउने छन्। बिहीबार नै पहिलो चरणमा सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी छ।

आजै प्रदेश ५ मा आज सरकार गठन हुँदैछ । मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता शंकर पोखरेलले सपथ लिएपछि तीन सदस्यीय मन्त्रिपरिषद गठन हुनेछ । बुधबार पोखरेल मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख उमाकान्त झाले संविधानको धारा १६८ को उपधारा २ अनुसार पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

उनलाई माओवादी केन्द्रका २० सांसदको समर्थन छ । प्रदेशका ८७ सांसदमध्ये एमालेका मात्र ४१ छन् ।

एकल बहुमत नभएकाले एमाले र माओवादी गठबन्धनले संयुक्त सरकार गठनका लागि आग्रह गर्दै माघ २८ गते प्रदेश प्रमुखसमक्ष पत्र दर्ता गरेका थिए । मुख्यमन्त्रीको सपथग्रहण भने आज बिहीबार प्रदेश प्रमुखको निवास रहेको सडक डिभिजन कार्यालय परिसरमा हुनेछ । मुख्यमन्त्रीमा नियुक्ति भएलगत्तै पोखरेलले बिहीबार नै ३ सदस्यीय मन्त्रिमण्डल गठन तयारी गरेका छन् । मन्त्रिमण्डलमा एमालेबाट नवलपरासीका बैजनाथ चौधरी र माओवादीबाट संसदीय दलका नेता कुलप्रसाद केसीको सम्भावना छ । मुख्यमन्त्री नियुक्तिसँगै प्रदेश ५ को सभामुखमा पूर्णबहादुर घर्ती निर्विरोध चयन भएका छन् । माओवादीबाट पूर्वी रुकुमको प्रदेश क बाट निर्वाचित घर्तीले बुधबार नै प्रदेश प्रमुख उमाकान्त झाबाट देश र जनताका नामबाट सपथ लिए ।



प्रतिक्रिया दिनुहोस्