Logo

यसरी खारेज हुँदैछ देउवा सरकारका नियुक्ति र निर्णय



काठमाडौं ५ फागुन । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका गैरकानुनी नियुक्ति केपी ओली नेतृत्वको सरकारले खारेज गर्ने भएको छ ।

यो विषयमा कानुनी र प्राविधिक हिसाबले अध्ययन गरेर एकमुष्ठ रुपमा खारेज गर्ने तयारी भएको ओलीनिकट नेताले बताएका छन् । एमाले नेता अग्निप्रसाद खरेलले भने,

-निर्वाचन आचारसंहिता लागेको बेला र जनमत आइसकेको अवस्थामा गरिएका सबैखाले नियुक्ति र निर्णय स्वभाविक रुपमा खारेज हुनेछन् ।

-त्यसबारे मन्त्रिपरिषदले आवश्यक निर्णय लिनेछ ।

पछिल्लो समय देउवा सरकारले गरेका नियुक्ति र निर्णप्रति वाम गठबन्धनको शीर्ष नेतृत्वले आपत्ति जनाउँदै आएको थियो ।
नागरिकबाट



प्रतिक्रिया दिनुहोस्