Logo

बालुवाटारमा आफैंले रोपेको विरुवामा पानी हालेर भित्रिए प्रधानमन्त्री



काठमाडौ ७ फागुन ।
प्रधानमन्त्री केपी शर्मा ओली आइतबार प्रधानमन्त्री निवास बालुवाटार भित्रिएका छन् । गत बिहीबार प्रधानमन्त्री चयन भएका ओली अहिलेसम्म भक्तपुर, बालकोटस्थित निजी निवासमा बस्दै आएका थिए ।

आइतबार साँझ निवास सर्ने क्रममा बालुवाटारमा एमाले नेता र कार्यकर्ताको ठूलो संख्यामा उपस्थिति थियो। ओलीले पहिलो पटक प्रधानमन्त्री पदबाट राजीनामा दिई बालुवाटारबाट बाहिरिने क्रममा २०७३ साउन १९ मा बालुवाटारको बगैंचामा पीपलको बिरुवा सारेका थिए। दोस्रो पटक प्रधानमन्त्री बनेर बालुवाटार प्रवेश गरेर उनले पहिलो काम त्यही बिरुवामा पानी हालेका थिए।
कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्