Logo

गुण्डा नाइके मनोज पुन प्रहरी ‘इनकाण्टर’मा मारिए



काठमाडौं ९ फागुन । लामो समयपछि गुण्डा नाइकेका रुपमा चिनिएका मनोज पुन प्रहरी कारवाहरुमिा मारिएका छन् । पुनसहित दुई जनाको गएराति रुपन्देहीमा प्रहरी कारवाहीमा मृत्यु भएको प्रहरीले जनाएको छ । रुपन्देहीको देवदह–४, भवानीपुरमा आपराधिक गतिविधि गरिरहेको भन्ने सूचनाका आधारमा पुगेको प्रहरी टोलीले चलाएको गोली लागेर पुन र उनका सहयोगी सोम आलेको ज्यान गएको हो ।

पुनको टोलीले प्रहरी टोलीमाथि आक्रमण गरेपछि जवाफी कारवाहीमा गरेको रुपन्देहीका एसपी श्याम ज्ञवालीले बताए । प्रहरीको गोली लागेर घाइते भएका दुवै जनाको लुम्बिनी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

युवा संघका रुपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारी र युवा संघकै कार्यकर्ता वसन्त पौडेल बलुको हत्या गरेको आरोपमा उनीहरु प्रहरीको खोजी सूचीमा थिए ।



प्रतिक्रिया दिनुहोस्