Logo

मन्त्री बनाउन माओवादीको सातै प्रदेशमा सूची तयार, छान्ने जिम्मा अध्यक्ष दाहाललाई



काठमाडौं १२ फागुन ।  माओवादी केन्द्रले मन्त्री बनाउनका लागि सबै प्रदेशमा संभावित नामको सूची तयार पारेको छ । त्यही सूचीबाट हरेक प्रदेशको एक जना पर्ने गरी मन्त्री छानिने छ । छान्ने जिम्मेवारी भने अध्यक्ष पुष्पकमल दाहाललाई दिइएको छ ।

माओवादी उच्च स्रोतका अनुसार प्रदेश १ बाट अमनलाल मोदी, सुदन राई र सुरेश राई मध्ये एक, प्रदेश २ बाट गिरिराजमणि पोखरेल र मातृका यादवमध्ये एक र प्रदेश ३ बाट रामबहादुर थापा ‘बादल’, अञ्जना बिसंखे र पम्फा भुषालमध्येबाट एक जना मन्त्री छानिने छन्।

त्यसैगरी प्रदेश ४ बाट देवेन्द्र पौडेल र हरि अधिकारी मध्ये एक, पाँचबाट बर्षमान पुन ‘अनन्त’ र चक्रपाणि खनालमध्ये एक, प्रदेश ६ मा जनार्दन शर्मा र शक्ति बस्नेतमध्ये एक र प्रदेश ७ बाट विना मगर र लेखराज भट्ट मध्येबाट एक जना मन्त्री हुने छन्।

यसअघि नै एमाले र माओवादी नेताहरुबीचको समझदारी अनुसार माओवादीले सात वटा मन्त्रालय पाउने छन्।

कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्