Logo

कांग्रेसले छाया सरकार बनाउने, छाया मन्त्री पनि चयन गर्ने



काठमाडौं,१३ फागुन । कांग्रेसले बाम गठबन्धनको सरकारलाई निगरानी गर्न छाया सरकार बनाउने निर्णय गरेको छ । निर्बाचनपछि बसेको संसदीय दलको पहिलो बैठकले शनिबार संघीय संसदको विधान पारित गर्दै दलका नेताको नेतृत्वमा छाया सरकार गठन गर्ने निर्णय गरेको हो ।

सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले डा. मीनेन्द्र रिजालले प्रस्तुत गरेको संघीय संसदको विधान पारित गरेको छ ।

केन्द्रमा सरकारले जति मन्त्रालय गठन गर्छ त्यसैअनुसार छाया मन्त्री चयन गर्ने तयारी कांग्रेसको छ । छाया मन्त्रीले सम्बन्धीत मन्त्रालयको हरेक गतिविधिलाई निगरानी गर्नेछ ।

प्रजातान्त्रिक मुलुकमा सरकारका गतिविधि निगरानी गर्न छाया सरकार गठनगर्ने प्रचलन रहेको भन्दै कांग्रेसले त्यसको तयारी गरेको हो । –अन्नपूर्ण पोष्ट दैनिकबाट



प्रतिक्रिया दिनुहोस्