Logo

राष्ट्रिय जनता पार्टी राजपालाई सरकारमा नल्याउने



काठमाडौं १६ फागुन ।  वाम गठबन्धनले फोरमलाई सरकारमा ल्याउन चाहे पनि फोरमसँगै गठबन्धनमा रहेको राष्ट्रिय जनता पार्टी (राजपा)लाई भने सरकारमा नल्याउने भएका छन्। राजपासँग नीति नै नमिल्ने भएका कारण गठबन्धनले उसलाई सरकारमा ल्याउन चाहेको छैन।

‘राजपालाई सरकारमा आउने वा ल्याउने कुरा हुँदैन,’ माओवादी नेता नारायणकाजी  श्रेष्ठले भने, ‘प्रारम्भिक छलफल सबै राजनीतिक शक्तिबीच हुने नै भयो। तर, संघीय समाजवादीसँग जुन स्तरमा र महत्वपूर्ण ढंगले छलफल भएको छ, राजपासँग त्यो स्तरको छलफल भएको छैन र हँुदैन पनि। उससँगको नीति मिल्दा पनि मिल्दैन।’



प्रतिक्रिया दिनुहोस्