Logo

पाँच दलका शीर्ष नेताले कसरी मनाए होली ?



काठमाडौं । दिनहुँ राजनीतिक कार्यक्रममा व्यस्त हुने राजनीतिक दलका नेता पनि होलीका दिन बिहीबार फूर्सदिला नै रहे । कुनै औपचारिक कार्यक्रममा सहभागी नभएका शीर्ष नेताहरुले धुमधामसँग नभए पनि निवासमै सामान्य होली मनाए ।

-प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री निवास बालुवाटारमै होली मनाए । उनले पार्टी नेता कार्यकतासँगै शुभेच्छुकलाई टीका लगाइदिएका थिए । होलीमा बिहानै नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंश पुरी प्रधानमन्त्री निवास पुगेका थिए । -कांग्रेस सभापति शेरबहादुर देउवाले पनि कूढानिलकण्ठस्थित निवासमै होली मनाए । उनले परिवाका सदस्यका साथै पार्टी नेता कार्यकर्तालाई घरमै अबिर लगाएर सामान्य होली मनाए ।

-माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भने यसपटक होली मनाएनन् । मंसीरमा छोरा प्रकाश गुमाएका दाहाल यति बेला शोकमा छन् । त्यसैले दाहाल दम्पतिले अबिरको टीका पनि लगाएनन् । -राजपाका नेताहरुले बबरमहलस्थित पार्टी कार्यालयमा भेला भएर उल्लासका साथ पार्टी नेता कार्यकर्तासँग होली मनाए । -संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले निवासमै सामान्य रुपमा होली मनाए ।  अन्नपूर्ण पोस्टमा खबर छ ।



प्रतिक्रिया दिनुहोस्