Logo

सिंहले छाडे, देउवा दलको नेता बन्ने



काठमाडौं २० फागुन । कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवालाई नै सर्वसम्मत बनाउने तयारी भएको छ । दलको नेताका लागि दावी गरिरहेका पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई स उपनेतामा व्यवस्थापन गर्नेगरी देउवा पक्षका नेताहरु सहमतिबाटै सभापतिलाई नेता बनाउने तयारीमा लागेका हुन् । आज उम्मेदवारी दिने कार्यक्रम छ । सहमति नभए भोलिका लागि चुनाव तय गरिएको छ ।

देउवाको दुतका रुपमा गोपालमान श्रेष्ठ र नेता रमेश लेखकले प्रयास गरिरहेका छन् । सहमति जुटाउन भन्दै दुवै जना शनिबार सिंह र वरिष्ठ नेता रामचन्द्र पौडेलको निवास पुगेका थिए । आज थप छलफल गर्ने तयारी भइरहेको कांग्रेस नेता गोपालमान श्रेष्ठले जानारी दिए । सिंह उपनेतामा सकारात्मक रहेको उनको दावी छ ।



प्रतिक्रिया दिनुहोस्