Logo

सांसद यादवद्वारा शपथ ग्रहण



काठमाडौँ, २१ फागुन । संघीय संसद्को तल्लो सदन प्रतिनिधिसभा सदस्य महेन्द्रराय यादवले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रतिनिधिसभाको सभाहलमा आइतबार भएको शपथ कार्यक्रममा अनुपस्थित सांसदमध्ये यादवले आज ज्येष्ठ सदस्य महन्थ ठाकुरबाट शपथ लिनुभएको होे ।

कूल २७५ सदस्यीय प्रतिनिधिसभाका सदस्यको आइतबार भएको शपथ कार्यक्रममा २७१ सांसद उपस्थित हुनुहुन्थ्यो भने सांसद यादवसँगै टोपबहादुर रायमाझी, धर्मशीला चापागाई र रेशम चौधरी अनुपस्थित हुनुहुन्थ्यो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गर्नुभएअनुसार प्रतिनिधिसभाको पहिलो बैठक आज बस्दैछ । नेपालको संविधानअनुसार प्रतिनिधिसभाको निर्वाचन गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न भएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्