Logo

भारतमा लेनिनको शालिकमाथि डोजर



काठमाडौं, २२ फागुन । भारतको त्रिपुरा राज्यको बेलोनिया शहरको केन्द्रमा पाँच वर्षसम्म रुसी क्रान्तिका नायक लेनिन शालिक रह्यो । तर, विधानसभा चुनाव जितेसँगै भारतीय जनता पार्टीका कार्यकर्ताले लेनिनको शालिकमा धाबा बोलेका छन् ।

बीजेपीका समर्थकले डोजर लगाएर शालिक ढालेका छन् । त्यसक्रमममा उनीहरुले ‘भारत माता कि जय’ को नारा लगाएका थिए । प्रत्यदर्शीहरुले बताए अनुसार शालिक ढालेपछि बीजेपीका कार्यकर्ताले लेनिनको टाउकोको फुटबल खेलेका छन् । त्रिपुरामा वाम सरकारको २१ वर्ष पुरा भएको अवसरमा त्यहाँ लेनिनको शालिक बनाइएको थियो । ११।५ फिट अग्लो शालिक बनाउन ३ लाख बढी लागेको थियो ।

तर, २५ वर्षे वाम किल्ला ढालेसँगै बीजेपीका समर्थकले लेनिनको शालिक पनि हटाएका छन् । लेनिनको शालिक तोडफोड भएपछि वामपन्थी दलहरु पनि प्रतिकारमा उत्रेका छन् । राज्यका विभिन्न ठाउँमा तोडफोड भइरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

२५ वर्षदेखि सत्तामा रहेको कम्युनिष्ट पार्टी सिपिआई एमले चुनाव जितपछि बिजेपी–आइपिएफटीका कार्यकर्ता हिंसातर्फ उन्मुख भइरहेको आरोप लगाएको छ । हिंसा अझै बढ्न नदिन भन्दै प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।



प्रतिक्रिया दिनुहोस्