Logo

तरुणदल जिल्ला अध्यक्षहरुको राष्ट्रिय भेला नगरकोटमा



भक्तपुर, २२ फागुन। नेपाल तरुण दलको जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला आजबाट भक्तपुरको नगरकोटमा शुरु भएको छ । तरुण दलको उक्त  भेलामा देशको समसामयिक राजनीति र तरुण दलको संगठन विस्तारका विषयमा छलफल हुने तरुण दल महासचिव भुपेन्द्रजंग शाहीले बताएका छन् ।

राष्ट्रिय भेलामा मुलुक नयाँ राजनीतिक चरणमा प्रवेश गरेको विशेष परिस्थितिमा समसामयिक राजनीतिक समीक्षा, तरुण दलको संगठन चुस्तदुरूस्त तथा थप निर्माण र भावी राजनीतिको विषयमा छलफल गर्न भेला आयोजना गरिएको महासचिव शाहीले जानकारी दिएका छन् ।

पहिलो दिन जिल्ला अध्यक्ष र केन्द्रिय समितकोबीचमा जिल्लाले आफ्नो प्रतिवेदन बुझाउने र आफ्नो संगठनको अबस्थाको बारेमा धारणा राख्ने कार्यक्रम रहेको छ ।

भेलाको एक विशेष कार्यक्रमकाबीच २३ गते दिउँसो ३ बजे पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने र २४ गते वरिस्ठ नेता रामचन्द्र पौडेलले समापन गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ ।

भेलामा सहभागी हुन ७५ जिल्लाबाटै अध्यक्षहरु पुगिसकेको महासचिव शाहीले जानकारी दिएका छन् । महासचिव शाहीका अनुसार राष्ट्रिय भेलामा विभिन्न विषयमा बृहत छलफल गरेर तरुण दलले आगामी कार्ययोजना तय गर्ने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्