Logo

बत्तीमुनीको अँध्यारो : विद्युतगृह नजिकै सोलार र टुकी बाल्ने दैनिकी



काठमाडौं २३ फागुन । मध्यमर्स्याङ्दी जलविद्युत् आयोजनाबाट ७० मेगावाट क्षमताको विद्युत् उत्पादन भइरहेको छ । तर, उत्पादनगृह छेवैका बासिन्दा भने सोलार र टुकीको भरमा छन् ।

६ वर्षदेखि घरमा वायरिङसमेत गरेर विद्युतको आसमा बसेका भोटेओडारमा बसाइँ सरेर आएका परिवारले अझै विद्युत् पाएका छैनन्  ।

नेपाल विद्युत् प्राधिकरण र लमजुङ विद्युत् उपभोक्ता संस्थाले विद्युत् विस्तारमा चासो नदेखाएकाले सेवाबाट वञ्चित भएको स्थानीयको गुनासो छ । वर्षौँदेखि विद्युतका लागि संघर्ष गरे पनि सुनुवाइ नभएपछि स्थानीय निराश भएका छन्  । विभिन्न ठाउँबाट बसाइँ सरेर आएकाहरू यस्तो सेवाबाट वञ्चित भएका हुन्  । मध्यमर्स्याङ्दी जलविद्युत् आयोजनाले ०६५ बाट विद्युत् उत्पादन सुरु गरेको थियो । सुन्दरबजार नगरपालिका ८ डुँडकुलोनजिकैको मोहोरियाटोलका धेरै परिवारले यस्तो समस्या भोगिरहेका छन्  । –नयाँ पत्रिका दैनिकबाट



प्रतिक्रिया दिनुहोस्