Logo

राष्ट्रपति पदका लागि भण्डारी र राईको उम्मेदारी दर्ता



काठमाडौं, २३ फागुन । राष्ट्रपतिको लागि आज मनोनय हुने भएको छ । एमालेको तर्फबाट उम्मेदार बनेकी विद्यादेवि भण्डारी र कांग्रेसको तर्फबाट भोजपुर स्थायी घर भएकी पूर्व सभासद कुमारी लक्ष्मी राईले राष्ट्रपति पदको लागि उम्मेदारी दर्ता गराएकी छन् । भण्डारीको प्रस्तावकमा पूर्व प्रधानमन्त्री माधव नेपाल, एमाले उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल, सुवास नेमवाङ, पूर्व सभामुख ओनसरी घर्ती रहेकी छन भने भण्डारीको समर्थकमा राम बहादुर थापा, विष्ण पौडेल, गोकर्ण बिष्ट, भानुभक्त ढकाल र रविन्द्र अधिकारी रहेका छन् ।

त्यस्तै काँग्रेस उम्मेदार राईको प्रस्तावकमा चित्र लेखा यादव, मान बहादुर विश्वकर्मा, पार्वती विसि चौधरी, देवेन्द्रराज कडेल र सुरेन्द्रराज पाण्डे रहेका छन्। त्यस्तै उनको समर्थकमा मेखलाल श्रेष्ठ, सरिता प्रसाई, शिव चन्द्र चौधरी, सुजाता परियार र राधा घले रहेकी छन् ।

राष्ट्रपतिको चुनावमा प्रदेश सभाबाट ५४९ जना, प्रतिनिधि सभाबाट २७५ जना र राष्ट्रिय सभाबाट ५६ जनाले मतदान गर्नेछन् । राष्ट्रिय सभाका तीन जना, कैलाली क्षेत्र नम्बर १ का सासद रेशमलाल चौधरी र राजिव विक्रम गुरुङले बाहेक अरुले मतदान गर्नेछन् ।

२०३० सालबाट राजनीतिमा आवद्ध राई दोस्रो संविधानसभामा समानुपातिक सांसद पनि थिइन् । उनी कांग्रेस नेता दिवानसिंह राईकी छोरी हुन् । २०१५ सालमा सांसद बनेका उनको पञ्चायत कालमा हत्या भएको थियो ।

कांग्रेसमा सांसद मानबहादुर विश्वकर्मालाई राष्ट्रपतिको उम्मेदवारका रुपमा हेरिएको थियो । तर, एमालेले विद्या भण्डारीलाई अघि सारेपछि कांग्रेसले पनि महिला उम्मेदवार उठाएको हो।



प्रतिक्रिया दिनुहोस्