Logo

जब मेयर शाक्य हातमा गैँटी बोकेर निस्किए..



काठमाडौं २५ फागुन । गत सोमबार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य हातमा गैँटी बोकेर सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना भत्काउन पुगे ।

मेयरमा निर्वाचित भएको १० महिनापछि उनी मिचिएका सार्वजनिक जग्गा फिर्ता लिन कस्सिएका हुन् । सोमबार वडा नम्बर ३ स्थित होटल काठमाडौंले साढे ६ आना सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाएको एकतले भवन भत्काउन उनले सघाए ।

मेयर शाक्यले अतिक्रमित सार्वजनिक जग्गा फिर्ता लिन वडाध्यक्षलाई बोलाएरै निर्देशन दिएका थिए । यसपछि सुरु अभियानको प्रारम्भकै महानगरले करिब तीन करोड रुपैयाँ मूल्य पर्ने जग्गा फिर्ता पाएको छ ।

‘सार्वजनिक जग्गा जनताको हितमा’ नामक अभियान सुरु गरिएको हो । आजको नागरिक ‘काष्ठमण्डप’ पृष्ठमा यो खबर छापिएको छ ।

मेयर शाक्यले भने,

-२०७२ सालको भूकम्पले हामीलाई ठूलो पाठ सिकाएको छ ।

-सहरी सुन्दरता कायम गर्न, हरियाली बचाउन र आपतविपतमा आश्रय लिन पनि खुला स्थानको संरक्षण गर्न जरुरी छ ।

नागरिकबाट



प्रतिक्रिया दिनुहोस्