Logo

राजेन्द्र खड्की, भूवन केसी पछि रोमा न्यौपाने प्रहरी हिरासतमा



काठमाडौं, २५ फागुन। एक खुट्टाको भरमा नाचेर चर्चामा आएकी कलाकार रोमा न्यौपाने ठगीको आरोपमा पक्राउ परेकी छन् ।

उनलाई प्रहरी परिसर काठमाडौंले बिहीबार साँझ पक्राउ गरेको हो । रोमा र उनको पति चिरञ्जीवी न्यौपानेले ३६ लाख ठगी गरेको भन्दै एक वर्षअघि उजुरी परेको थियो । चिरञ्जीवी पक्राउ परेपनि रोमा फरार सूचिमै थिइन् ।

भोल्युन्टर एसोसिएसन अफ डिसेबलिटिज भीएडी नामक संस्था खोलेर ‘भीएडी नेपाल लघुवित्त कार्यक्रम’ को नाममा लाखौं रुपैयाँ ठगी गरेको आरोप उनीमाथि छ ।

जिल्ला अदालतले २६ पुस २०७३ मा चिरञ्जीवीलाई दोषी ठहर गर्दै दुई वर्ष कैद सजाय र साढे ३६ लाख विगो जरिवानाको फैसला सुनाएको थियो ।

८ वर्षको उमेरमा दुर्घटनामा देब्रे खुट्टा गुमाएकी रोमा एक खुट्टाकै भरमा कुशल नृत्य प्रस्तुत गर्न सक्छिन् । त्यही कारण उनले देशविदेशमा स्टेज शो कार्यक्रम समेत गरिन् । २०७२ सालमा सरकारले युवा प्रतिभा तथा युवा उद्यमी पुरस्कार समेत प्रदान गरेको थियो ।

यस अघि कलाकार राजेन्द्र खड्की मानव तस्करको आरोपमा जेल चलान भईसकेका छन् भने गीत चोरीको आरोपमा नायक भूवन केसीलाई प्रहरीले खोजि रहेको छ ।



प्रतिक्रिया दिनुहोस्