Logo

प्रत्येक महिनाको दुईदिन निःशुल्क स्वास्थ्य परिक्षण गरिनेः अध्यक्ष सिंह



लंकराज धमालाः  सुर्खेत , ५ चैत । जिल्ला अस्पताल कालिकोटका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर सिंहले कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठान जुम्लाका विशेषज्ञ डा.द्धारा कालिकोटमा महिनाको १५ र २८ गते निःशुल्क स्वास्थ्य परिक्षण गरिने जनकारि दिएका छन् ।

रिपोर्टर्स क्लब नेपाल प्रर्देश कार्यालय सुर्खेत साक्षात्कार कार्यक्रममा बोल्दै सिहंले निक्स साईमन संस्थाले अरु सेवा दिए पनि एमडि जिपि सेवा अबरुद्ध गरे पछि स्वास्थ्य ब्यबस्थापन समितिको पहलमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठानसंग सहकार्य गरेर उक्त सेवा दिन लागेको बताएका हुन ।

जिल्ला अस्पताल कालिकोटमा निक्स साइमन संस्थालाई निरन्तरता दिनका लागी भखरै आफु स्वास्थ्य मन्त्रालयमा समन्वय गरेर आएको बताउदै यो भन्दा अघि जे जस्तो भएपनि आगामी दिनमा स्वास्थ्यकर्मीहरुलाई काम गर्नका लागि सहज वातावरण बनाउने बताए ।

उनले भने,‘कालिकोटका सबै राजनीतिक दल,नागरिक समाज,स्थानीयबासी सबैसँग मिलेर काम गर्ने योजना बनाएका छौँ, त्यसै अनुरुप काम गछौँ, अस्पताल विकास समितिको तर्फबाट कुनै कमि कमजोरी हुननदिने प्रतिबद्धता गर्दछु, विगतका दिनहरुमा जिल्ला अस्पताल कालिकोटले धेरै खालका समस्या भोग्नु परेको छ, आगामी दिनहरुमा त्यस्ता समस्या भोग्ने छैन्,।’



प्रतिक्रिया दिनुहोस्