Logo

जिल्ला अस्पताल कालिकोटमा ५ महिना देखि विशेष सेवा बन्द



विश्वनाथ सिम्खाडा

कालिकोट ५ चैत । जिल्ला अस्पताल कालिकोटमा ५ महिना अघि देखि शल्यक्रिया सेवा बन्द भएको छ । दरबन्दि अनुसारको चिकित्सक नहुदा सेवाप्रवाह हुन नसकेको निमित्त कार्यालय प्रमुख मो.औजर आलमले बताएका छन् ।

सरकारी दरबन्दिका १ जना चिकित्सक काठमाडौंको टेकु अस्पतालमा काजमा काम गरिरहेको र निक्ससाईमन संस्थाबाट १ जना चिकित्सक जिल्लामा नर्फकेपछि उक्त सेवा अवरुद्ध भएको हो । सामान्य जसो विरामिहरुलाई अन्यत्र रिफर गर्नु पर्दा गरिब तथा विपन्न नागरिकहरुलाई थप समस्या भएको छ ।

अप्रेशन सेवा प्रभावित भएपछि सुत्केरी हुन नसकेका गर्भवती एपेन्डिसाईटीस, हर्निया, हाइडोसिल लगायतका बिरामीलाई अप्रेसनको लागि रिफर गर्ने गरिएको जिल्ला अस्पताल कालिकोटका निमित्त कार्यालय प्रमुख मो.ओजैर आलमले जानकारी दिए ।

जिल्ला अस्पताल कालिकोटमा २ जनाको दरवन्दी रहेपछि २०६१ सालदेखि मेडिकल सुपरिटेन्डेट नभएकाले मेडिकल अधिकृत डा.कौशल अली र एनएस आइका डा.महेश्वर गोशाईको भरमा सञ्चालन भएको अप्रेशन सेवा डा.अली विगत १ महिनादेखि टेकु अस्पतालमा काजमा सरुवा र डा. गोशाई अन्यत्र पदस्थापन भएदेखि जिल्ला अस्पताल कालिकोटको अप्रेशन सेवा ठप्प भएको हो ।

जटिल प्रकारका रोगहरुको अप्रेसन गर्ने डा.नहुदा जिल्ला अस्पतालमा आउने विरामीले सास्ती खेप्नु परेको पोषण फोकल पर्सन कटक महतले बताए ।

उनले नेपाल सरकारको स्वास्थ्य विभाग करारका २ जना चिकित्सक डा.टंक प्रसाद आचार्य र नहकुल शाहीले सामान्य बिरामीको उपचार गरिरहेका छन्, तर शल्यक्रिया जिल्लामा नहुने भएकाले सेवाग्राही मर्कामा परेको बताए ।

त्यस्तै माघ २४ गतेबाट काजमा रहेका जिल्ला अस्पताल कालिकोट तथा जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. कौशल अलीमाथि भएको दुव्र्यबहारका कारण उनले जिल्ला छोडेका हुन ।

स्थानीय तह तथा जन प्रतिनिधिहरुले स्वास्थ्य मन्त्रालयमा डा.अलीको स्थानमा अर्का स्थायी चिकित्सक पठाउन माग गरेपनि स्वास्थ्य मन्त्रालयले आलटाल गरिरहेको पाईएको छ ।

विगत लामो समय देखि जिल्ला अस्पतालले दिईरहेको सेवाहरु पनि बन्द भएपछि बिरामीको समस्या झन् जटिल बन्दै गएको छ । यस्तो स्थीतिमा पनि सरकारले जिल्ला अस्पताल कालिकोटमा स्थायी चिकित्सक नपठाउनु स्वास्थ्य मन्त्रालयको गैर जिम्मेवारीपना भएको स्थानीय बासिन्दाहरुले गुनासो पोखेका छन् ।



प्रतिक्रिया दिनुहोस्