Logo

चरित्र हत्या गर्न खोजियोः नेविसंघ उपाध्यक्ष शाही



काठमाडौं, ७ चैत । नेपाल विद्यार्थी संघका उपाध्यक्ष पुष्प कुमार शाहीले आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले नेविसंघ भित्रैबाट गलत प्रचार गरिएको बताएका छन् ।

एक विज्ञप्ती निकालेर उपाध्यक्ष शाहीले नेविसंघका केही साथीहरुको नाम जोडेर चन्दा आतंक मच्चाएको खबर रातोपाटी अन्लाईनमा छापिएकोमा आपत्ति प्रकट गरेका छन् ।

विज्ञप्तीमा भनिएको छ, ‘संगठन भित्र रहेर सस्था हितमा काम गर्ने र सामुहिक स्वार्थको लागि निरन्तर लागि परेका साथीहरुको चरित्र हत्या गर्ने काम भएको छ, यो कार्य कसैको लागि पनि राम्रो होईन, समाचार लेख्दा एकपक्षिय रुपमा प्रस्तुत भएको भेटिएकाले खण्डन गरेका हौं, मेरो हस्ताक्षेर स्क्यानिङ गरेर हस्ताक्षेरको दुरपयोग गरिएको छ।’

निर्दोष व्यक्तिको चरित्र हत्या गर्न खोजिएको भन्दै शाहीले उक्त घटनाको बारेमा सत्य तथ्य बाहिर ल्याउन र दोषि उपर कडा कारबाही गर्न नेविसंघको नेतृत्व संघ जोडदार माग गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्