Logo

कोरियन भाषा परीक्षाको आवेदन भोलीबाट



काठमाडौँ, ७ चैत । रोजगारीका लागि कोरिया जान चाहनेका लागि बिहीबारबाट ९भोली० रोजगार अनुमति प्रणाली ईपीसएस परीक्षाको आवेदन खुल्ने भएको छ ।

वैदेशिक रोजगार विभागको ईपीएस कोरिया शाखाले परीक्षाको आवेदन लिने सबै तयारी सकाएको जनाएको छ ।

इच्छुकहरुले भोलिदेखि १७ गते सम्म आवेदन भर्न सक्नेछन् । १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको ९२०३४ साल चैत १० देखि २०५६ साल चैत ९ सम्म जन्मिएका नेपाली नागरिकले आवेदन दिन सक्ने ईपीएस शाखाले जनाएको छ ।

ईपीएस नेपालको वेवसाइटबाट नै अनलाइनबाटै आवेदन भर्न सकिने छ । आवेदन गर्दा लाइन बस्ने झन्झट गतवर्षबाटै हटाइएको थियो । तर, बैंकमा शुल्क तिर्न भने लाइन बस्नुपर्ने बाध्यता कायमै छ ।

भाषा परीक्षा जेठ २६ र २७ गते हुनेछ । आवेदन भर्दा पोखरा केन्द्र छनोट गर्ने पहिलो १२ हजारले मात्रै त्यहाँबाट परीक्षा दिन पाउनेछन् ।

अन्य सबैले काठमाडौंमा परीक्षा दिनुपर्नेछ । आवेदन भर्दा २४ डलर शूल्क तोकिएको छ । यसपटक कुल ७ हजार एकसय जना उत्तीर्ण गर्ने योजना छ ।

त्यसमध्ये उत्पादनमुलक क्षेत्रमा चार हजार ८ सय र कृषि क्षेत्रमा दुई हजार ३०० कोटा निर्धारण गरिएको ईपीएस कोरिया शाखाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्