Logo

लैँगिक समानता सम्बन्धी प्रतिवेदन सार्वजनिक



काठमाडौं, ८ चैत । लैँगिक समानता र यौनजन्य तथा लैगिक हिँसाबाट सँरक्षण सम्बन्धी प्रभावकारी कानुन र नीति सम्बन्धी नेपाल घटना अध्ययन प्रतिवेदन आज काठमाडौँमा सार्वजनिक गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी र रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासँघले तयार पारेको सो प्रतिवेदन महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले सार्वजनिक गरेकी हुन ।

मन्त्रीथापाले भनिन्,‘राजनीतिक हिसावले महिलाहरुलाई धेरै अधिकार भए पनि दाइजो, बोक्सी जस्ता कुसँस्कार जन्य चिन्तनले महिलाहरु अझै पछि परेकाले आर्थिक सम्बृद्धि तथा चेतना स्तर बढाउनु आवश्यक छ ।’

हालसालै ठूला विपद्का अवस्था सामना गरेका मुलुकहरुमा गरिएको विश्वस्तर अध्ययनकोे नेपाल घटना प्रतिवेदन एक भाग हो । यस्तो अध्ययन जिम्बाव्बे र इक्वेडरमा पनि गरिएको जानकारी नेपाल रेडक्रसका भुकम्प प्रतिकार्य कार्यक्रमका प्रमुख उमेश ढकालले दिए ।

नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सन्जिव थापाको अध्यक्षतामा सञ्चालित सो कार्यक्रममा प्रतिवेदनले देखाएका मूल विषयहरुमा चर्चा गर्दै प्रतिवेदनको मूल तयारी कर्ता अधिबक्ता सविन श्रेष्ठले विपद जोखिम न्यूनीकरण सम्बन्धीनयाँ बनेको ऐनमा राहतको मापदण्ड सम्बन्धी एउटामात्र दफाले विपद्को समयमा लैगिंक समानताको विषयमा बोलेको हुँदा कानुनमा र कार्यान्वयनमा थप सुधारको आवश्यता रहेको बताए ।

विज्ञहरुको प्यानल छलफलमा माननीय पुष्पा भुषाल, सँघीय मामिला मन्त्रालयका तर्फबाट सहसचिव शुरेश अधिकारी र राधिकाअर्याल, अधिकारकर्मी मीरा ढुँगाना र विश्व स्तरको अध्ययन मण्डलका सदस्य ग्याव्रीलीइम्ब्री सहभागी थिए ।



प्रतिक्रिया दिनुहोस्