Logo

शहरी स्वास्थ्य केन्द्रलाई एक करोडको जग्गादान



तुलसीपुर, दाङ, ११ चैत । तुलसीपुर उपमहानगरपालिका–८ अश्वारा निवासी अभिषेक शाहले आफ्ना बुबा भीमसेन शाहको सम्झनामा यहाँ शहरी स्वास्थ्य केन्द्र स्थापनाका लागि रु एक करोड पाँच लाख मूल्य बराबरको सात कट्ठा जग्गादान गर्नुभएको छ ।

शाहले तुलसीपुर उपमहानगरपालिका–१ ‘ख’ कित्ता नं १६३ बाट सात कट्ठा जग्गा शनिबार स्वास्थ्य प्रवद्र्धन केन्द्रका लागि दिनुभएको हो । सो वडाका वडाध्यक्ष बेदु केसीको उपस्थितिमा उहाँले जग्गा प्रदान गर्नुभएको हो ।

“बुबा हामीमाझ रहँदासम्म सामाजिक काम र समाजमा महत्वपूर्ण योगदान गर्दैआउनुभएको थियो त्यसैको निरन्तरताका लागि मलाई पनि केही काम गर्ने मन लागेको होे”, अभिषेकले भन्नुभयो ।

भीमसेन शाहलाई सशस्त्र द्वन्द्वको समयमा तत्कालीन विद्रोही पक्ष माओवादीले अपहरण गरी बेपत्ता बनाएको थियो । उहाँको अवस्था अझैसम्म अज्ञात रहेको छ ।



प्रतिक्रिया दिनुहोस्